IME Life New

सिन्धु विकास बैंकको पालुङ्गमा नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले मकवानपुर जिल्लाको पालुङ्ग बजारमा शाखा विस्तार गरेको छ । पालुङ्ग शाखा थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले उक्त शाखा कार्यलयको उद्घाटन गरेका हुन् ।

Esewa
Crest

उक्त अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हालसम्मको प्रगति तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राखेका थिए ।

२०६७ साल भदौ २२ गते सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय स्थापना भएको बैंकले बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा र हाल पालुङ्ग गरी कुल १७ शाखा तथा सुकुटे तथा सिलढुङ्गामा सीमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १९ स्थानबाट वित्तीय सेवा प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS