IME Life New

एनआईसी एशिया बैंकको कञ्चनपुर भन्सार कार्यालयमा एक्सटेन्सन काउण्टर सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआईसी एशिया बैंकले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकि स्थित कञ्चनपुर भन्सार कार्यालयको विस्तारित एक्सटेन्सन काउण्टरसञ्चालनमा ल्याइएको छ ।

विस्तारित काउण्टरको उद्घाटन कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले गरेका हुन् । नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै बैंकले भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय लगायत राजश्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै आइरहेको र भविष्यमा यस्ता सुविधाहरु अझै थप गर्दै लैजाने विश्वास बैंकले लिएको छ ।

Esewa
Crest

उक्त समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले उक्त विस्तारित काउण्टर सञ्चालनले नेपाल भारत सीमामा रहेको कञ्चनपुर भन्सार कार्यालयबाट दैनिक रुपमा हुने आयात निर्यातसँग सम्बन्धित कारोबारका लागि बैंकबाट छिटो छरितो तथा पारदर्शी रुपमा सेवा प्राप्त गर्न सक्ने विश्वास लिएको जानकारी गराए ।

हालसम्म बैंकले मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३८ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS