IME Life New

सडक दुर्घटना बीमा दोब्बर बनाउने प्रस्ताव दुई महिनादेखि बीमा समितिमा अड्कियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यातायात व्यवस्था विभागले सडक दुर्घटनाको बीमा रकम दोब्बर बनाउने प्रस्ताव अघि सारेको भएपनि विगत दुई महिनादेखि बीमा समितिमा अल्झेका कारण ढिलाई भइरहेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले परिवर्तन समयमा दुर्घटनामा ज्यान गुमाउने यात्रुको पीडित परिवारलाई दिइने क्षतिपूर्ति तथा उपचार खर्च बापत पाउने रकम बृद्धि गर्न प्रस्ताव गरिएको बताए । महानिर्देशक दाहालले इन्स्योरेन्स खवरसँग भने, ‘अहिले उक्त फाईल बीमा समितिमा छ, त्यहाँबाट आउने वित्तिकै माथि पठाएर स्वीकृत गराउने योजनामा छौं ।’

Esewa
Crest

दाहालका अनुसार उक्त प्रस्तावलाई बीमा समितिले अध्ययन गरी निर्णयसहित पठाउनुपर्ने हुन्छ । तर बीमा समितिबाट यातायात व्यवस्था विभागमा फाइल आईनसकेका कारण दुर्घटनामा यात्रुले पाउने उपचार खर्च तथा मृत्यु भएमा पाउने क्षतिपूर्ति रकम बृद्धि गर्न ढिलाई भएको विभागकै एक कर्मचारीले इन्स्योरेन्स खवरलाई बताए ।

यता, बीमा समितिले भने फाइल अल्झाएको नभई समितिबाट निर्णय हुन बाँकी रहेको बताए । बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले भने, ‘यातायात व्यवस्था विभागले बृद्धि गरिदिनु भनेर पत्राचार गरेको थियो । बृद्धि गर्ने कि के गर्ने भन्ने सम्बन्धमा असारको मसान्तमा एउटा अन्तरक्रिया कार्यक्रम पनि भएको हो । अल्झाएको होइन, सर्व पक्षीय बसेर टुंग्याउने सहमति भएको हो ।’

नयाँ व्यवस्था अनुसार मृतकका परिवारले १० लाख, घाइतेहरुको उपचार खर्च ३ लाख देखि १५ लाख रुपैंयाँसम्म पाउनेछन् । बीमा समितिले दुर्घटनाका घाइतेहरुको मृत्यु बीमा दावा औषधोपचार बीमा मोटर बीमा सम्बन्धी निर्देशिका, २०७३ अनुसार तेश्रो पक्ष बीमाको रुपमा गर्दै आएको छ । दुर्घटनामा मृत्यु भएकाहरुले चर्को सडक आन्दोलन गर्न थालेपछि क्षतिपूर्ति दिई समस्यालाई दीर्घकालिन रुपमा हल गर्ने उद्देश्यले २०६६ सालदेखि तेश्रो पक्ष बीमाको अनिवार्य व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS