IME Life New

प्रभु बैंकको एकैसाथ दुई नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु बैंक लिमिटेडले एकैसाथ २ नयाँ शाखा विस्तार गरेको छ । बैंकले शे–फोकसुण्डो शाखा कार्यालय र डुम्रे शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ डोल्पा जिल्लाको शे फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा र तनहुँ जिल्लाको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकको शे–फोकसुण्डो शाखा कार्यालयको उद्घाटन शे–फोकसुण्डो गाउँपालिकाका अध्यक्ष टसि तुण्डुप गुरुङ्गले गरे भने डुम्रे शाखा कार्यालयको उद्घाटन बन्दीपूर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले गरे ।

बैंकको शे–फोकसुण्डो शाखा कार्यालयको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष टसि तुण्डुप गुरुङ्गले शे–फोकसुण्डो गाउँपालिका भौगोलिक रुपमा नेपालकै अति विकट गाउँपालिकाको रुपमा रहेको छ र याहँ बैंकको शाखा आउनु ठुलो कुरा हो अव यहाँका मानिसहरुले बैंकिङ सेवा उपयोग गर्न पाउने कुरामा खुशी व्यक्त गरे ।

त्यसैगरी बैंकको डुम्रे शाखा कार्यालयकाउद्घाटन गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै आजदेखि सञ्चालनमा आएको डुम्रे शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताए र

हालसम्म बैंकले १ सय ९३ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS