IME Life New

एनएमबि लघुवित्तद्धारा आन्तरिक लेखापरीक्षण तथा कर सम्बन्धी तालिम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एनएमबि लघुवित्त वित्तीय संस्थाले आन्तरिक लेखापरीक्षण तथा कर सम्बन्धी कर्मचारीहरुलाई तालिम दिएको छ । संस्थाले आफ्नो केन्द्रीय कार्यालयमा कार्यरत वित्त व्यवस्थापन, कर्जा ब्यवसाय, कर्जा जोखिम तथा असुली व्यवस्थापन, आन्तरिक लेखापरीक्षण विभाग, कर्जा जोखिम तथा असुली व्यवस्थापन विभागमा आवद्ध सबै अधिकृत र सहायक स्तरका कर्मचारीहरु र विभिन्न प्रदेश स्तरमा रहेका नौ वटा अनुगमन स्टेशनका अनुगमन अधिकृत कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरेको हो ।

उक्त तालिममा ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्सालले सहभागी कर्मचारीलाई उत्प्रेरणात्मक हुने प्रस्तृति र बाह्य स्रोत ब्यक्ति सिए पारसमणि अर्यालले आन्तरिक लेखापरिक्षण तथा कर सम्बन्धी विषय वस्तुमा प्रशिक्षण दिएका थिए ।

Crest

हालसम्म संस्थाले ५६ जिल्लामा १ सय वटा शाखा विस्तार गरी करिब १ लाख विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS