प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकले एकै दिन साउन २२ गते वशेष साधारण सभा गर्ने भएका छन् । प्राइम कमर्सियल बैंकले कन्काईलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नका लागि यी दुवै बैंकले साधारण सभा एकै दिन बोलाएका हुन् ।
प्राइमले कमर्सियल बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे विशेष साधारण सभा डकेको छ । त्यस्तै, कन्काई विकास बैंकले सोही समयमा गोर्खा डिपार्टमेन्ट स्टोर, झापामा विशेष साधारण सभा बोलाएको छ ।
प्राइम बैंकले कन्काइलाई एक्वायर गर्ने सहमतिपत्रमा हस्ताक्षर भएपछि जेठ २३ गतेदेखि कन्काईको सेयर कारोबार रोक्का गरिएको हो । प्राइमले सभा गर्न साउन १४ गतेदेखि बुक क्लोज गरेको थियो । साउन १३ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।
सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदनका आधारमा सेयर स्वाप रेसियो तय हुनेछ ।