IME Life New

वर्षायाममा एनएलजी इन्स्योरेन्सको २४ सै घण्टा बीमा दावी सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्षायामको समयमा बाढी, पहिरो, डुबानबाट धनजनको क्षति हुने जोखिम बढि हुने तथ्यलाई मध्यनजर गर्दै एनएलजी इन्स्योरेन्सले २४ सै घण्टा बीमा दाबीको सेवा प्रदान गरिरहेको जनाएको छ ।

सो बीमा कम्पनीले अबिरल वर्षाका कारण बाढी तथा पहिरो, डुबान आदिले पुर्याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै आफ्ना बीमितका लागि २४ सै घण्टा दाबी सेवा दिँदै आएको हो ।

Esewa
Crest

बिपदको घडीमा आफ्ना बीमितको सम्पत्तिमा भएको क्षतिमा यथासक्य शीघ्र बीमा दाबी प्रक्रिया सुरु गर्ने अभिप्रायले यस्तो सुविधा प्रधान गरिएको कम्पनीले जनाएको छ । बीमितको जोखिमबारे गुनासो सुन्ने, उजुरी लिन कम्पनी सदैव तत्पर रहेको जानकारी गराँउदै बीमितले आफ्नो बीमा दाबीको लागि कम्पनीले तोकेको विभिन्न व्यक्ति वा विभिन्न कार्यालयहरुमार्फत २४ सै घण्टा सेवा लिन सक्ने एनएलजी इन्स्योरेन्सले जनाएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीका दावी विभाग मुख्य कार्यालय प्रमुख सुसिल थापाले बिपतको घडीमा बीमितलाई पर्न गएको समस्यालाई मध्यनजर गर्दै २४ सै घण्टा सम्म दाबीको सेवा दिने बताए । “बिपतको घडीमा आफ्ना बीमित ग्राहकहरुका लागि पर्न गएको क्षतिलाई मध्यनजर गर्दै हामीले यस्तो सेवा सञ्चालनमा ल्याएका हौँ ।” थापाले बाढी, पहिरोको समयलाई लक्षित गर्दै यस्तो सेवा सञ्चालनमा ल्याएइएको बताए ।

एनएलजी इन्स्योरेन्सका ग्राहकहरुले कम्पनीले तोकेको व्यक्ति वा कम्पनीको मूख्य कार्यालय र मुलुकभर फैलिएर रहेका क्षेत्रीय तथा शाखा कार्यालयमार्फत कम्पनीले सञ्चालनमा ल्याएको २४ सै घण्टा बीमा दावी उजुरीको सुविधा उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS