Connect IPS
IME Life

सिद्धार्थ बैंकको खुद नाफा २ अर्ब ३० करोड, प्रति शेयर आम्दानी कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आथिक वर्षको सोही अवधिको तुुलनामा बैंकको नाफा २१ प्रतिशतले बढी हो ।

चौथो त्रैमाससम्मा बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोष १२ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा १ अर्ब ६५ करोड २० लाख १८ हजार रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्म आइपुग्दा बैंकले १ खर्ब १४ अर्ब ९० करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको निक्षेपमा २१ प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहमा २६ प्रतिशतले बृद्धि गरेको हो ।

बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी ३६ प्रतिशतले बढेको छ । अधिल्लो आर्थिक वर्षमा ३ अर्ब ४३ करोड ६२ लाख रहेको खुद ब्याज आम्दानी आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमाससम्म आइपुग्दा बढेर ४ अर्ब ६७ करोड ३९ लाख पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५९ पैसा रहेकोे छ । सिद्धार्थको प्रतिसेयर नेटवर्थ १ सय ६९ रुपैयाँ ७७ पैसा रहेको छ । अराब कर्जा ० दशमलव ७५ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS