IME Life New

चौतारी लघुवित्तले दियो मृतकको परिवारलाई बीमा वापतको दाबी रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चौतारी लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बतासे शाखाले मृतक सदस्यको परिवारलाई बीमा दाबी वापतको रकम दिएको छ । लघुवित्तले मृतकको परिवारलाई दाबी बीमा वापतको रकम र काजक्रिया वापतको रकम प्रदान गरेको हो ।

लघुवित्तले रैनादेवी गाउँपालिका ५ मुझुङका सदस्य उजेली दमाईको मृत्यु वापत उनका श्रीमान जुद्धबहादुर दमाइलार्ई नगद ७५ हजार र सदस्य सुकमाया सार्कीको श्रीमानको मृत्यु भएकोमा सुकमाया सार्कीलाई १२ हजार रुपैयाँ रकम प्रदान गरेको हो ।

Esewa
Crest

५९ वार्षिय उजेली दमाईको मृत्युले शोकाकुल बनेका उनका श्रीमान दमाई र केन्द्र नंं.०२८ स्वालम्वी चौतारी महिला विकास केन्द्रका सम्पुर्ण सदस्यको र केन्द्र सँचालिका सम्झना कुवँर,शाखा प्रबन्धक बसन्ती खत्रीको सहितको उपस्थस्तीमा अनुगमन अधिकृत कृष्ण बहादुर चौधरीले ग्राहक सदस्यकै घरमा पुगी सो रकम प्रदान गरेका हुन ।

उक्त रकम बुझदै निजका श्रीमान जुद्धबहादुर दमाइले.आफुले दुःखमा पाएको सो रकमले आफुलाई राहत र सहानुभुति महसुस भएको बताए । ‘उनले भने हामीलाई दुःख परेको बेलामा पैसा भन्दापनि सँस्थाले गरेको सहयोग तथा सहानुभुति नै ठुलो हुने रहेछ , यसरी यो चौतारी लघुवित्त बित्तीय सँस्थाले घरमै आएर दिएको सहानुभुतिले प्रेरणा मिलेको छ ।’

हालसम्म लघुवित्तले १५ वटा जिल्लाका ५७ शाखा कार्यालय मार्फत करिब ४१ हजार २ सय सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको छ । सँस्थाको हाल सम्म करीब १ अर्ब ५८ करोड कर्जा लगानी रहेको र सदस्यहरुबाट ४८ करोड ३९ लाखनिक्षेप सँकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS