काठमाडौैं। एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनएमबि हाइब्रिड फन्ड एल-१ ले असार महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । एक महिनाको अन्तरालमा यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) मा कुनै परिवर्तन देखिएको छैन ।
जेठको जस्तै असारमा पनि यसको न्याभ ११ रुपैयाँ १ पैसा नै रहेको छ ।हाइब्रिड फन्डको सूचीकृत सेयरमा लगानी भने २ करोड ८७ लाख २८ हजार रुपैयाँले बढेर २८ करोड ८६ लाख १६ हजार रुपैयाँ पुगेको छ ।
बैंक मैज्दात पनि अघिल्लो महिना भन्दा १३ करोड ६१ लाख ५ हजार रुपैयाँले बढाएर ५५ करोड ३ लाख ८६ हजार पुर्याएको छ।