IME Life New

नेपाल बैंकको सिईओमा आवेदन खुल्यो, गैर बैंकिङका समेतले आवेदन दिन पाउने (सूचनासहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुनै समय केन्द्रीय बैंकको भूमिकामा रहेको नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्तीको लागि प्रक्रिया सुरु गरेको छ । आज गोरखापत्र दैनिकमा सार्वजनिक सूचनामार्फत गैर बैंकिङ क्षेत्रबाट समेत आवेदन दिन पाउने गरी प्रमुख कार्यकारी अधिकृत नियुक्तीको लागि आवेदन आह्वान गरेको हो ।

नेपालको जेठो बैंक नेपाल बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृत पदमा गैर बैंकिङ क्षेत्रबाट समेत आवेदन लिने जनाएको छ । उसले विश्व विद्यालयका प्राध्यापक, सरकारी अधिकृतलाई समेत आवेदन दिन सक्ने जनाएको छ । बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्तीको लागि जारी गरेको सूचनामा भनिएको छ, चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तिय, मौद्रिक, अर्थशास्त्र, बाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्व विद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्ष कार्य अनुभव भएको ।’

Esewa
Crest

त्यस्तै ब्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, बाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखा, गणित, ब्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृतमा आवेदन दिनेहरु कुनै पनि दलको सदस्य नभएको हुनुपर्ने, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, नैतिक पतन हुने अभियोगमा सजायको ठहर भएको हुन नहुने सूचनामा उल्लेख छ ।

साथै सो बैंकको प्रमुख कार्यकारी अधिकृत हुनको लागि आवेदकले ५ हजार शब्दमा नबढ्ने गरी दुई व्यवसायिक योजना समेत पेश गर्नुपर्ने छ । आवेदक छनौट गर्दा उम्मेदवारको शैक्षिक योग्यता अनुभव, पेश भएको व्यवसायिक योजनाको मूल्याङ्कनमा कम्तीमा ६० प्रतिशत अंक प्राप्त गर्ने उम्मेदवारहरुमध्येबाट सम्भावित पाँच जना उम्मेदवार छनौट गरी व्यवसायिक योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनोट गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS