IME Life New

नेपाल बैंकले दिन थाल्योे तानसेनका किसानलाई सहुलियत ऋण, यूवालाई स्वरोजगार बन्न टेवा पुग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल बैंकले तानसेन नगर क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्न थालेको छ । बैंकले सो सन्दर्भमा समझौतापत्रमा सहमति गरेको छ । सोही सहमतिअनुसार बैंकले कर्जा वितरण सुरु गरेको हो ।

उक्त सम्झौतापत्रमा बैंकको पाल्पाका शाखा प्रबन्धक सुरज घिमिरे र नगर प्रमुख अशोक कुमार शाहीले लम्साललाई कर्जा प्रस्ताव सहमतिपत्र संयुक्त रुपमा हस्तान्तरण गरी औपचारिक रुपमा सहुलियतपूर्ण कर्जाको उद्घाटन गरेका हुन् ।

Esewa
Crest

तानसेन नगरपालिका वडा नं. ८, मदनपोखरा, शिखरडांडा, पाल्पामा लम्साल गाई भैंसी फर्मको नाममा गाई भैंसी पालन गर्दै आएका किसान श्रवण कुमार लम्साललाई व्यवसाय प्रबद्र्धन गर्न बिनाधितो बैंकले पाँच लाख रुपैयाँ सहुलियतपुर्ण कर्जा प्रदान गरेको छ ।

युवाहरुलाई देशमै आत्मनिर्भर बनाउन र समग्र तानसेनको समृद्धिका लागि बैंकसँगको सहकार्यले थप टेवा पुग्ने विश्वास नगरप्रमुख शाहीले व्यक्त गरे ।

शाखा प्रबन्धक घिमिरेले बैंकले उत्पादन मुलक क्षेत्रमा कर्जा प्रवाह गर्दा समग्र बैंकिग क्षेत्रकै विकास र स्थायित्व हुनसक्ने भएकाले नेपाल बैंकले कृषि, पर्यटन जस्ता उत्पादन मुलक क्षेत्रमा लगानीका लागि जोड दिने र यस किसिमको कार्यक्रम अन्य स्थानीय निकायसँग समेत सहमति गरी अगाडि बढाउन बैंक आतुर रहेको बताए ।

कार्यक्रममा किसान लम्सालले आफुले व्यवसाय विस्तार गर्न चाहेको र सोका लागि विभिन्न बैंकहरु चाहर्दा सबैले जग्गा भएन भन्दै फिर्ता गर्ने गर्दा आफुलाई अत्यन्त दुख लागेको अवस्थामा नगरपालिकाले बैंकबाट विना धितो कर्जा दिने अवसर दिएकोमा नगरपालिका र नेपाल बैंकलाई विशेष धन्यवाद दिंदै अब आफुले लिएको कर्जाको सदुपयोग गर्दै अगाडि बढ्न बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS