भ्याली स्टेट कलेज भरतपुरमा शेयर बजार, बैंकिङ तथा बीमा सम्बन्धी बिशेष अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कलेज पेरिसरमा सम्पन्न बिशेष अन्तकृया कार्यक्रममा शेयर बजार, बैंकिङ तथा बीमाको बारेमा छलफल भएको थियो । कार्यक्रममा सम्बन्धित क्षेत्रका बिज्ञहरुले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा रबिन्द्र घिमिरेले युनेस्कोको सकारात्मक पक्षहरु बारे चर्चा गरे । कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्सका क्षेत्रीय व्यवस्थापक आई आर सुवेदीले शेयर बजार, बैंकिङ तथा बीमाको व्यवहारिक प्रयोग बारे प्रकाश पारे ।
नेपाली शेयर बजारका बिज्ञ सन्तोषराज बजगाईले विद्यार्थीहरुलाई शेयर बजारमा कसरी प्रवेश गर्ने र शेयरको कारोबार कसरी गर्ने भन्ने बारे प्रशिक्षण दिएका थिए ।
कुमारी बैंक नारायणगढका प्रवन्धक भुपेन्द्र खड्काले बैंकिङ प्रणाली, डि म्याट तथा अन्य खाता कसरी खोल्ने भन्ने बारे जानकारी दिएका थिए ।
रोज गार्डेन पार्टी प्यालेसमा भएको कार्यक्रम कलेजका निर्देशक बाबुराम खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।