IME Life New

भ्याली स्टेट कलेजमा शेयर बजार, बैंकिङ तथा बीमा सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

भ्याली स्टेट कलेज भरतपुरमा शेयर बजार, बैंकिङ तथा बीमा सम्बन्धी बिशेष अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

कलेज पेरिसरमा सम्पन्न बिशेष अन्तकृया कार्यक्रममा शेयर बजार, बैंकिङ तथा बीमाको बारेमा छलफल भएको थियो । कार्यक्रममा सम्बन्धित क्षेत्रका बिज्ञहरुले प्रशिक्षण दिएका थिए ।

Esewa
Crest

कार्यक्रममा रबिन्द्र घिमिरेले युनेस्कोको सकारात्मक पक्षहरु बारे चर्चा गरे । कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्सका क्षेत्रीय व्यवस्थापक आई आर सुवेदीले शेयर बजार, बैंकिङ तथा बीमाको व्यवहारिक प्रयोग बारे प्रकाश पारे ।

नेपाली शेयर बजारका बिज्ञ सन्तोषराज बजगाईले विद्यार्थीहरुलाई शेयर बजारमा कसरी प्रवेश गर्ने र शेयरको कारोबार कसरी गर्ने भन्ने बारे प्रशिक्षण दिएका थिए ।

कुमारी बैंक नारायणगढका प्रवन्धक भुपेन्द्र खड्काले बैंकिङ प्रणाली, डि म्याट तथा अन्य खाता कसरी खोल्ने भन्ने बारे जानकारी दिएका थिए ।

रोज गार्डेन पार्टी प्यालेसमा भएको कार्यक्रम कलेजका निर्देशक बाबुराम खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS