IME Life New

के मौद्रिक नीतिले सम्बोधन गर्ला त लघुवित्त क्षेत्रलाई??.

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

झबिन भन्डारी, नेपालमा लघुवित्तको सुरुवात गर्ने श्रेय स्व डा. हरिहरदेव पन्तलाई जान्छ जसलाई नेपाल का लघुबित्त का पिता भनिन्छ । जो त्यतिबेला नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर थिए । सुरुवाती अवस्थामा लघुकर्जा भनेर कार्यक्रम सुरु गरिएको थियो । पछि, लघुवित्त भन्न थालियो । सरकारी स्तरबाट ग्रामीण बैंक र निजी क्षेत्रबाट गैह्रसरकारी संस्थाहरुबाट सुरुवात भएको लघुवित्त कार्यक्रम पछि लघुवित्त विकास बैंक प्रवर्धन गरी सोही बैंक मार्फत कार्य सुरु गर्न थालियो ।

सरकारी स्तरमा ग्रामीण बैकले कार्यक्रम सुरु गर्यो त्यो उनै पन्त को नेतृत्वमा तर सरकारी स्तरले वास्तविक लघुवित्त लाई सम्बोधन गर्न नसकेपछि उनी डेपुटी गभर्नर बाट राजीनामा दिएर निर्धन सस्थाबाट रुपन्देही को सिक्टहन गाउँबाट लघुवित्तको सुरुबात गरे । त्यसपछि क्रमश लघुवित्त वित्तीय संस्थाहरु धमाधम संचालनमा आउन थाले । स्व डा. हरिहरदेव पन्तले गरेका मेहनतले गर्दा लघुवित्तले आज देशको कुना कुनामा रहेका गरिब मानीसहरुको उद्धार गर्ने एउटा साधनको रुपमा स्थापीत भएको छ ।

Esewa
Crest

तर लघुवित्त क्षेत्रमा पछिल्लो समय सस्थाहरुको यो अस्वस्थ प्रतिस्पर्धा ,दोहोरो कर्जा,असङख्या लघुबित्त ,नाफामुखी,यी र यस्ता अस्वस्थ प्रतिस्पर्धाले वास्तवमा लघुबित्तको मर्म बुझ्छ त? राष्ट्र बैकले असारसम्ममा १ सय १५ ओटा लघुवित्त पुर्याउने भनेको थियो ।

नेपाल राष्ट्र बैंकले एकातिरबाट लाईसेन्स वितरण गरिरहेको छ भने अर्को्तिरबाट मर्जरमा जान दवाब दिइरहेको छ । लघुवित्तहरुको संख्या कम भएको भए यी लघुवित्त क्षेत्रमा देखिएका सबै चुनौतिहरु समाधान हुने थिए होलान् ।

असङख्या रुपमा खोलीएका यी लघुवित्त सस्थाहरुले ग्रामिण ठाउँको आर्थिक स्तरमा सुधार त आएको छ । तर, दोहोरो कर्जाको चाप बढदै गएको छ । यसको समाधान कसरी होला? सानो क्षेत्रमा अहिले खोलिएका २० औ सस्थाको चाप ,कर्मचारी को स्थायी ,तलब भत्ता प्रमोसनसमूह निर्माण ,टार्गेट पूरा बाट हुने हो।

नयाँ ठाउँ कतै छैन उहीँ पहिले देखि अन्य सस्थामा बसेका सदस्य नै उहीँ नयाँ सस्थाको सदस्य अनि दोहोरो कर्जा नहुने कसरी??

अब पनि यी र यस्तै समस्या दोहोरिराख्यो भने समाजमा लघुबित्तको नाम नै नसुन्ने को संख्या अत्याधिक हुन्छ। तसर्थ राष्ट्र बैकले अबको मौद्रिक निति बनाउदा लघुबित्त को संख्या घटाएर १० देखि १५ ओटा बनाउनुपर्छ जस्तो लाग्छ ।

यी लघुबित्त लाई एक आपसमा अस्वस्थ्य प्रतिस्पर्धा बाट टाढा राखने र लघुकर्जा दिदा स्थानीय सरकारसगँको सहकार्य र कर्जा नतिर्ने सदस्य प्रति नितिगत कार्बाही सम्बन्धि नियम तर्जुमा गर्न सके मात्र लघुबित्त को दिगोपन हुनेछ। उनी निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS