IME Life New

आरएमडीसी लघुवित्तको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमा खुल्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले आफ्नो नाममा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थामा रहको सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसीको ३ लाख २३ हजार ५ सय २५ हजार कित्ता संस्थापक सेयर शुक्रबार (असार १३ गते) देखि लिलामीमा ल्याएको हो ।

उक्त लिलामी शेयरमा साउन १६ गतेसम्म आवेदन दिन सकिनेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २ सय ६१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

Crest

लिलामीको बोलपत्र साउन १९ गत बिहान ११ बजे खोलिने राष्ट्र बैंकले जानकारी गराएको छ । राष्ट्र बैंकले आफूले नियमन गर्ने संस्थाको सेयर बेच्नुपर्ने नियम अनुसार आरएमडीसीको सेयर लिलामी गर्न लागेको हो ।

लगानीकर्ताले आवेदन फारममा आफूले लिन चाहेको सेयर कित्ताको दररेट स्पष्टसँग उल्लेख गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS