IME Life New

कामना सेवाको एजिएम भोली, ९.५ प्रतिशत लाभांश पारित गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास कले ९ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न शनिबार (असार १४ गते) साधारण सभा गर्ने भएको छ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बैंकले चुक्ता पूँजीको ८ प्रतिशत नगद र १ दशमलव ५ प्रतिशत बोनस सेयर गरी कुल ९ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गर्नेछ ।

बैंकले नगद लाभांशमा २० करोड २ लाख १२ हजार ४ सय ४१ रुपैयाँ र बोनस सेयरमा ३ करोड ७५ लाख ३९ हजार ८ सय ३२ रुपैयाँ खर्च गर्नेछ ।

Esewa
Crest

सभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेका छन् । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।

यस्तै, कामना र सेवा विकास बैकको मर्जर भई एकीकृत कारोबार हुनुभन्दा अघि (२०७४ साउन १९ गते) सम्म कायम सेयरधनीलाई प्रस्तावित लाभांशमा कर नलाग्ने तर, मर्जरपछि कायम सेयरधनीको हकमा भने लाभांशमा लाग्ने कर नगद लाभांशबाट काटेर मात्र वितरण हुने बैंकले जानकारी गराएको छ ।

साधारण सभाका लागि जेठ ३१ गतेदेखि असार १४ गतेसम्म बुक क्लोज गरिएको छ। जेठ ३० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५ सय १९ रुपैयाँ छ । बोनस वितरणपछि २ अर्ब ५४ करोड १ लाख ९५ हजार ३ सय ५१ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS