नेपाल राष्ट्र बैंकले आज (बिहीबार) १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ७ दिनमा परिपक्व हुने गरी नेपाल राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो । रिपो आज अपराह्न ३ बजे बोलकबोल गरेर आजै जारी हुने राष्ट्र बैंकले जनाएको छ । असार १९ गते परिपक्व हुने यस रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।