Connect IPS
IME Life

जनउत्थान सामुदायिक लघुवित्तको १०० % हकप्रद आजबाट खुल्यो, कस्तो छ कम्पनीको वित्तीय अवस्था

SPIL
NIC ASIA new
Sanima Reliance

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा २ लाख ८८ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । जनउत्थानले प्रतिकित्ता १ सिय रुपैयाँ दरको २ करोड ८८ लाख रुपैयाँको हकप्रद खुला गर्नेछ । यसमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले गत वर्ष कायम चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँको १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । असार १ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद भर्न पाउनेछन् ।

Prabhu
Crest

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तिय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।

यस्तो छ कम्पनीको वित्तीय अवस्था
३ करोड ९० लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी भएको जनउत्थान सामुदायिक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ करोड ८२ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दनी ६५ रुपैयाँ २२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २ सय ५८ रुपैयाँ १६ पैसा छ ।

लघुवित्तले २० प्रतिशत बोनस सेयर दिंदैछ । २० प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद बिक्रीपछि कायम पुँजीबाट फेरि अर्को २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS