IME Life New

नेपाल पुनर्बीमा कम्पनीको तेश्रो त्रैमास कस्तो रह्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले चैत मसान्तसम्म जीवन बीमा व्यवसाय तर्फ ९ करोड ९ लाख  रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड २८ लाख  रुपैयाँ खुद नाफा कमाएको थियो।

निर्जीवन बीमातर्फ ८० करोड ४ लाख  रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६८ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Esewa
Crest

निर्जीवन कम्पनीले  जीवन बीमा व्यवसायबाट २९ करोड ७४ लाख  रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड २८ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो।

त्यस्तै निर्जीवन बीमा व्यवसायबाट ३ अर्ब २५ करोड  खुद बिमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५६ करोड  खुद बीमा शुल्क आर्जन गरेको थियो।

पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको तेश्रो सम्ममा निर्जीवन बिमा तर्फ २ अर्ब ८ करोड  रुपैयाँ रिजर्भमा राखेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७५ करोड  रुपैयाँ रिजर्भ कोषमा राखेको थियो।

यस्तै, जीवन बीमातर्फ ३९ करोड ९४ लाख  रुपैयाँ रिजर्भमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले सो  कोषमा १४ करोड ५८ लाख ३० हजार रुपैयाँ राखेको थियो।

पुनर्बीमा कम्पनीले चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष यसै अवधिमा चुक्ता पुँजी ५ अर्ब रुपैयाँ मात्र रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS