IME Life New

जनउत्थान सामुदायिक लघुवित्तको हकप्रदका लागि बुक क्लोज असार २ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनउत्थान सामुदायिक लघुवित्तले शत प्रतिशत हकप्रद शेयर बिक्री गनका लागि बुक क्लोज गर्ने मिति तोकेको गरेको छ। सञ्चालक समितिको जेठ २२ गते बसेको १ सय ३३ औं बैठकले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि असार २ गते शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको हो।

जसअनुसार आगामी असार १ गते आइतबारसम्म कायम रहने लघुवित्तका शेयरधनीले मात्र निष्काशन हुने हकप्रदमा आवेदन गर्न सक्नेछन्।

Esewa
Crest

लघुवित्तको २०७४ पुस ३० गते सम्पन्न सातौ वार्षिक साधारण सभाले चुक्ता पूँजी वृद्धि गनका लागि शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सो हकप्रद धितोपत्र बोर्डबाट २०७५ जेठ ५ गते स्वीकृत भएको थियो।

बोर्डले लघुवित्तलाई २ करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख ८८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो। हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल रहेको छ ।

लघुवित्तले गत आव २०७४र०७५ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत अर्थात हकप्रद पश्चात १० प्रतिशतले हुन आउने ५७ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ छ। हकप्रद र बोनसपछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS