काठमाडौं: नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने बिमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको यतिबेला बेहाल भएको छ । नयाँ बीमा विद्येयक २०७५ र समितिको अध्यक्षको योग्यताको बिषयमा सर्वोच्चमा परेको रिटले समितिको नेतृत्व देखि लिएर कर्मचारी समेत निश्क्रिय भएका छन् ।
गत आर्थिक बर्ष देखि नेपालको बीमा क्षेत्रमा १२ वटा नयाँ कम्पनी सञ्चालनमा आएका छन् । एउटा कम्पनी सञ्चालनको तयारीमा छ । समितिमा २३ जना नयाँ कर्मचारी थपिएका छन् । यस्तो अवस्थामा समितिको अध्यक्ष नै निरीह हुँदा कर्मचारीहरु के गर्ने के नगर्ने भन्ने अन्यौलमा छन् ।
लामो प्रयास पछि समितिले यस बर्ष बीमा विद्येयक मस्यौदा अर्थमन्त्रालयबाट पारित गराई संसदमा पुगेको छ । लामो संघर्ष पछि आउन लागेको नयाँ विद्येयकबाट कर्मचारीमा उत्साह थपिनु पर्नेमा नैराश्यता सृजना भएको छ । कारण समितिले विद्येयकमा राखेको व्यवस्थालाई हटाएर अर्थमन्त्रालयले फरक व्यवस्था गरेको छ । बिषेश गरी समिति प्राधिकरणमा रुपान्तरण भए पनि सञ्चालक नयाँ गठन हुने व्यवस्थाले अध्यक्षको नै निराश देखिएका छन् । त्यति मात्रै हैन समितिको कोष, बिनियम बनाउने अधिकार, कर्मचारीको संरचाना निर्माणको अधिकार लगायतका अधिकार अर्थमन्त्रालयसँग निहित हुने व्यवस्था गरेपछि कर्मचारीहरु पनि दोधारमा परेका हुन् ।
त्यस्तै, समितिका अध्यक्षको योग्यताको बिषयमा लिएर सर्वोच्चमा रिट परे पछि अध्यक्ष अर्को समस्यामा परेका छन् । बीमा ऐन अनुसार समितिको अध्यक्ष हुनुका लागी बीमामा बिषेश अनुभव भएको हुनुपर्ने व्यवस्था छ । तर, प्रत्यक्ष रुपमा उनी बीमा क्षेत्रसँग सम्बन्धित थिएनन् । उनी नेपाल राष्ट्र बैंक पोखराका क्षेत्रिय कार्यलय निर्देशक हुन् । तर, अहिले उनले अवकाश पाई सकेका छन् । व्यवहारिक रुपमा पनि बीमा र बैंक फरक कुरा हो । त्यसैले पनि यो केशमा उनी कमजोर देखिएका छन् । साथै तत्कालिन समयमा अध्यक्षका अर्को दाबेदार बीमा विज्ञ डा.रबिन्द्र घिमिरे थिए । बीमा बिषयमा नै विद्यावारिधि गरेका घिमिरेलाई उपेक्षा गरी अर्थमन्त्रालयले चापागाईलाई अध्यक्षमा नियुक्त गरेको थियो । जसको सर्बत्र आलोचन भएको थियो ।
तसर्थ यतिबेला समितिका कर्मचारीहरु नयाँ विद्येयकमा समितिलाई कमजोर बनाउन राखिएका बुदा संशोधन गर्न लबिगं गरिरहेका छन् । त्यसैगरी अध्यक्ष चापागाई पनि आफनो पक्षबाट दुवै केशको लागी लबिगं गरिरहेका छन् । तसर्थ समितिमा यतिबेला कुनै पनि नयाँ निर्णय हुन सकेको छैन । कर्मचारीहरु दैनिक कार्य मात्रै गरिहेका छन् । नयाँ योजना बनाउने, निर्माण गर्ने र निर्णय गर्ने काम रोकिएको छ ।
त्यसैगरी गत असारमा अवकास पाएका निमित्त कार्यकारी निर्देशक श्रीमान् कार्कीको स्थानमा अहिलेसम्म पनि कर्मचारीको बढुवा भएको छैन । प्रमुख कार्यकारीको पालोमा रहेका निर्देशक राजुरमण पौडेलेको बढुवा पनि नयाँ विद्येयक र अध्यक्षको विरुद्धमा परेको केशको कारण रोकिएको छ । त्यसैगरी अर्को निर्देशक कमल प्रसाद रेग्मी विगत एक बर्ष देखि जिम्मेवारी विहिन छन् । अध्यक्ष चापागाईले उनलाई एक बर्ष देखि कुनै पनि जिम्मेवारी दिएका छैनन् । उनको योग्यताको बिषयमा अदालतमा रिट परेपछि भने सामान्य काम दिईएको स्रोतले बताएको छ । उनलाई जिम्मेवारी मात्रै हैन आधारभूत सुविधाबाट पनि बन्चित गरिएको थियो ।