IME Life New

नेपाल बैंकको एफपीओ भर्ने आज अन्तिम दिन, पत्याएनन लगानीकर्ताले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल बैंकको एफपीओ भर्ने आज (साउन १३ गते) अन्तिम दिन हो । सी–आस्वामार्फत अनलाइनबाट शनिबार पनि सेयर भर्न सकिन्छ । तर बैंकमा गएर भर्ने म्याद भने आज १ दिन मात्र छ । शुक्रबार मात्रै थप ३ लाख ९३ हजार ३६० कित्ता बिकेको हो । यसआधारमा शुक्रबारसम्ममा २४ लाख ५१ हजार ९० कित्ता एफपीओ बिक्री भइसकेको छ । बिक्री बन्द हुन एक दिन बाँकी हुँदासम्म १३.९९ प्रतिशत सेयरको लागि मात्र आवेदन परेको छ ।

नेपाल बैंकको एफपीओमा अहिलेसम्म कुल ६८ करोड ६३ लाख ५ हजार २०० रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ रहेको यस एफपीओमा शुक्रबार कार्यालय समय सम्ममा यस एफपीओमा १७ हजार ५३९ जनाले सेयर भरेका छन् । अहिलेसम्म कुल २४ लाख ५१ हजार ९० कित्ता एफपीओमा आवेदन परेको। यस एफपीओ अझै १ करोड ५२ लाख ३३ हजार ७६८ कित्ता बिक्री हुन बाँकी रहेको छ ।

Esewa
Crest

नेपाल बैंकले फर्दर पब्लिक अफरिङ (एफपीओ) प्रिमियम मूल्यमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । बैंकले गत माघ २३ गते बसेको बैंक संचालक समितिको बैठकले एफपीओ निष्कासन प्रस्ताव गरेको थियो भने बैंकको फागुन २५ गते सम्पन्न ५८ औं वार्षिक साधारणसभाले एफपीओ निष्कासनको प्रस्ताव अनुमोदन गरेको थियो ।

नेपाल बैंकले सरकारको सेयर स्वामित्व कम गर्नका लागि सेयर जारी गरेको हो । हाल ६२ प्रतिशत सरकारी स्वामित्व रहेको नेपाल बैंकमा एफपीओ निष्कासनपश्चात ५१ प्रतिशतमा सीमित हुनेछ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड २६ लाख ६२ हजार रुपैयाँ छ । नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ अर्ब ३९ करोड ९७ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS