IME Life New

शिवम् सिमेन्ट्सको आईपीओ आजदेखि खुल्ला ,

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शिवम् सिमेन्ट्ले पहिलो चरणमा उद्योग प्रभावित मकवानपुरका स्थानीयबासिन्दालाई ८ लाख ८० हजार कित्ता शेयर १०० रुपैया अंकित मुल्यमा २०० रूपैया प्रिमियम थपी रु ३०० मा रुपैयामा आईपीओ निष्कासन आजबाट गरेको छ । आईपीओ निष्कासन साउन १३ गतेदेखि सुरु भई भदौ ११ गतेसम्म तोकिएको छ।

स्थानीय बासिन्दालाई प्रतिकित्ता २०० रुपैयाँ प्रिमियम थप गरी ३०० रुपैयाँमा आईपीओ निष्कासन गरेको छ । यदि स्थानीयबासिन्दाले सम्पुण शेयर खरिद गरेमा आईपीओ निष्कासनबाट उद्योगले २६ करोड ४० लाख रुपैयाँ संकलन गर्नेछ । आईपीओ निष्कासन साउन १३ गतेदेखि सुरु भई भदौ ११ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । शिवम् सिमेन्ट्सको आईपीओमा मकवानपुर जिल्ला भरिका स्थानीय बासिन्दाले आवेदन दिन पाउने छन् ।

Esewa
Crest

न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ । स्थानीयबासिन्दालाई बाँडफाँड गरेको केहि समय पछि शिवम् सिमेन्ट्सले सर्वसाधारणलाई प्रतिकित्ता ३०० रुपैयाँ प्रिमिय थप गरी ४०० रुपैयाँ ४४ लाख कित्ता आईपीओ निष्कासन गर्ने सिद्धार्थले जानकारी दिएको छ । यसबाट १ अर्ब ७६ करोड रुपैयाँ संकलन हुने छ ।

मकवानपुरका स्थानीयबासिन्दाले सी–आस्वाबाट पनि आवेदन दिन सक्नेछन् । तर उद्योग प्रभावित स्थानीयका लागि सी–आस्वा अनिवार्य भने गरिएको छैन । मकवानपुरको हेटौंडामा रहेका महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक तथा ओम डेभलपमेन्ट बैंकबाट आवेदन आवेदन फारम भर्न सकिनेछ । नेपाल बंगलादेश बैंकको हेटौंडा र मकवानपुरगढी, सेन्चुरी बैंकको हात्तिमुडे, भिमफेदी, मनहरी, दामन, बज्रवाराही, हटिया,चौगढ, कामने र बस्तीपुरबाट पनि सेयर भर्न पाइनेछ । यसैगरी, बैंक अफ काठमान्डूको हेटौंडा र कुलेखानी शाखाबाट पनि आइपीओ भर्न सकिन्छ । यसैगरी, शिवमको फ्याक्ट्रि रहेको स्थान र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलबाट पनि सेयर भर्न मिल्ने व्यवस्था गरिएको छ ।

सर्वसाधारण र स्थानीयबासिन्दाबाट गरी २ अर्ब २ करोड ४० लाख रुपैयाँ संकलन हुने छ । आईपीओ बाँडफाँटपछि कम्पनीको चुत्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ हुने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS