IME Life New

साप्ताहिक शेयर समिक्षा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेन्जमा श्रावण ४ गतेदेखि श्रावण १० गतेसम्म १ सय ७९वटा कम्पनीको शेयर १६ हजार ८ सय ८६पटक किनबेच भएको छ।  ३९ लाख ४५ हजार ७ सय ६० कित्ता शेयर१ अर्ब ५ करोड ६२लाख ९१ हजार रुपैयाँमा किनबेच भएको हो।

यस हप्ता नबिल बैंक लिमिटेड ५ करोड ३० लाख ३० हजार रकमसहित पहिलो भएको छ।  त्यस्तै मेगा बैंक १ लाख ३७ हजार कित्ता शेयर र राइरांग हाइड्रोपावर ७ सय ४५ वटा कारोबार सहित पहिलो भएका छन।  रकमको आधारमा पाँच कम्पनी तालिकामा देखाइएको छ।

यस हप्ता कुनै पनि कम्पनीको शेयर सूचीकरण भएन

Esewa
Crest

कारोबार रकम गत हप्ता भन्दा २७ दशमलव ४१ प्रतिशतले घटेको छ ्र गत हप्ता १ अरव ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँको कारोबार भएको थियो ्र यस हप्ता कारोबार रकम र कित्ता घटेसँगै सूचक पनि घटेको छ ्र गत हप्ता ११ सय ९३ दसमलब३९ अंकमाबन्द भएको नेप्से सूचकयस हप्ता २दशमलव १९ अंकले घटेर ११ सय९१ दशमलव २० अंकमाबन्द भएको छ।

साताभरको नेप्से सूचकर नेप्से सूचकलाई प्रभाव पार्ने समुहको उतारचढाव निम्न बमोजिम रहेको छ।

पहिलो दिन आइतबार बजार बन्द हुँदा ११ सय८१ दशमलव ६६अंकमा रहेको सूचक अन्तिम दिन विहिबार बजार बन्द हुँदा ९ दशमलव ५४ अंकले बढेर ११ सय९१दशमलव२०अंकमा पुगेकोछ।

समुहगत परिसूचकमा वाणिज्य बैंक समुहको परिसूचक अगिल्लोहप्ताकोतुलनामापहिलो दिनघटेर दोश्रो, तेस्रो दिन बढेरचौथो र पाँचौ दिन घटेर बन्द भएको छ।  पहिलो दिनको तुलनामा अन्तिम दिन७ दसमलव ६० अंकले बढेर बन्द भए पनि अगिल्लो हप्ताको तुलनामा झिनो अंकले घटेको छ। गत  हप्ताबाट विमा जीवन र निर्जीवन समुहमा बाँडीएकोले यसको लागि समुहगत तथ्यांक यो हप्ता उपलब्च हुन सकेन।  निर्जीवन समुहको सूचक बढेको छ भने जीवन समुह घटेको छ।  नेप्सेले सूचिकृत कम्पनीलाई बिभिन्न ११ समुहमा वर्गीकरण गरेको छ।  यी समुह मध्ये यस साता पहिलो दिनको तुलनामा वित्त, उत्पादनरजीवन विमा समुहको परिसूचक घटेका छन् भने अन्य सबै समुह बढेका छन्।

यस हप्ता शेयर कारोबार ५ दिन पुरै खुलेको थियो।

लाभकर गणना सम्बन्धिनिर्णय आउन नसक्दा बजारमा उत्साह पलाउन सकेको देखिन्न ्र नेप्सेले जडान गरेको स्वचालित विद्युतीय कारोबारको युजर एसेप्टेन्स टेस्ट ९युएटि० शुरु भएसँगै लगानीकर्तालाई युजर नेम र पासवर्ड लिन विज्ञप्ति जारी गरेको छ।

आर्थिक वर्ष २०७४र७५ को वित्तीय विवरण सार्वजनिक हुन थालेको छ।  प्रतिवेदन उत्साहजनक भएपनि कारोबारमा उत्साह नआउनुमा प्रतिशेयर आम्दानीमा कमि देखिएको भन्ने पनि देखिएको छ।  बढेको पूँजी अनुरुप अहिले नै प्रतिशेयर आम्दानीमा बढोत्तरी आउन नसक्नेतर्फ लगानीकर्ताको ध्यान जान सकेको देखिन्न।  लगानी के का लागि गरेको भन्ने अलमल संधै देखिएको छ।  बोनसलाईमात्रलाभ देख्दा नगद लाभांश ओझेल परेको छ।  आगामी साधारणसभामा कम्पनीले नगद लाभांश दिन्छन भन्ने अत्यास लगानीकर्तामा देखिएको छ।

कम्पनीले हकप्रद जारी गर्ने क्रम जारी रहेको छ।  जेविल्स फाइनान्सको हकप्रदमा आवेदन गर्ने अन्तिम मिति आगामी १३ गते रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS