IME Life New

विश्वकप फूटबलको उपबिजेता बनेको ‘क्रोएसियाको शेयर बजार’ को अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: क्रोएसिया विश्वकप फूटबलको फाइनलमा पुगेर जसरी विश्वमा चर्चित बन्यो, त्यसैगरि क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबार–किटारोविच पछिल्लो समय विश्वभर चर्चाको शिखरमा छन् । फुटबलको फाइनल खेलपछि विश्वभरका मिडियामा धेरै चर्चा भएको एउटा पात्र हुन्-किटारोविच ५० बर्सिय किटारोविच विश्वभरिका शक्तिशाली महिलाहरुको सुचीमा ३९ औ नम्बरमा परछिन्।

यूरोपियन मुलुक क्रोएसियाको मुख्य आम्दानीको श्रोत प्राकृतिक ग्यास उत्पादन र पर्यटन हो, ‘जाग्रिब स्टक एक्सचेन्ज’ क्रोएसियाको एकमात्र स्टक एक्सचेन्ज हो। स्थापना संगै पूर्णतया अनलाइन कारोबारसहित स्थापित जाग्रिब स्टक एक्सचेन्जको स्थापना सन् १९९७ मा भएको हो। जाग्रिब स्टक एकसचेन्जमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि करिब १५० ओटा कम्पनीहरु सुचिकृत रहेका छन्।क्रोएसियाको पुंजी बजारको परिसूचक क्रोबेकेश अधिकतम ५३९२.९० (सन् २००७ मा) सम्म पुगेको थियो तर, अहिले यूरोपियन आर्थिक मन्दीको कारण परिसूचक क्रोबेकेश १८०४.२८ (कारोबारको पछिल्लो परिसूचक) हाराहारीमा रहेको छ। विश्वकवको उपविजेता बनेर घर फर्किएको क्रोयशियाली फूटबल टीमलाई भब्य स्वागत गरिए संगै परिसूचक क्रोबेकेशमा सामान्य बढ़ोतरी भएको छ । क्रोएसियाको पछिल्लो बजार पुँजीकरण करिब २२.७८ बिलिएन डलर रहेको छ।

Esewa
Crest

अर्को रोचककुरा त के छ भने बिश्वकप फूटबलको अवार्ड वितरण समारोहमा आफ्ना खेलाडीहरु आमा जस्तै माया गरि स्नेह र सहानुभूति देखाएकि राष्ट्रपति कोलिन्डा ग्राबार–किटारोविचको पनि क्रोएसियाको पुंजी बजारमा लगानी तथा पुंजी बजारमा लगाब रहेको छ। किटारोविचको व्यक्तिगत नेटवोर्थ एक करोड डलरको हाराहारीमा रहेको छ।

जाग्रिबस्टक एक्सचेन्ज क्रोएसियाको ब्यबस्थापन बोर्डको प्रमुख पनि महिला नै रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS