IME Life New

प्रिमियर इन्स्योरेन्स कम्पनीमा संचालक समिति र सिइओ बीच विवाद चुलिदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: निर्जिबन बिमा ब्यबसाय गर्ने प्रिमियर इन्स्योरेन्स कम्पनीमा कम्पनीको संचालक समिति र प्रमुख कार्यकारी अधिकृत (सिइओ) बीच विवाद चुलिदै गएको छ। कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शुधुम्न प्रसाद उपाध्याय रहेका छन् भने संचालक समितिको अध्यक्षमा सुरेश लाल श्रेष्ठ रहेका छन्।

उपाध्यायले कम्पनीको नेतृत्व लिए पछि कम्पनीले राम्रो ब्यबसायमा राम्रो फड्को मरेको थियो तर तिनै उपाध्यायले अहिले बीमा आचरण भन्दा बाहिर गएर काम गरेपछि संचालक समिति र कार्यकारी प्रमुख बीच विवाद चुलिएको छ। श्रोतले दिएको जानकारी अनुसार उपाध्यायले निकट भबिष्यमा संचालनको तयारीमा रहेको सानिमा इन्स्योरेन्स कम्पनीबाट ‘बीमा कन्सलटेन्ट’को हैसीयतले पारिश्रमिक लिने गरेका छन् जुन बीमा मर्यादाको ठाडो उल्लंघन हो ।

Esewa
Crest

संचालक समितिले यो बिषय बाहिर आएको खण्डमा कम्पनीलाई अप्ठारो पर्ने भन्दै उपाध्यायलाई सचेत गराएको थियो तर संचालक समितिको कुरालाई बेवास्ता गर्दै प्रिमियर इन्स्योरेन्सको ब्यबसायमै असर गर्ने गरि काम गर्न थालेपछि संचालक समिति र सिइओ बीच विवाद चुलिदै गएको श्रोतले जानकारी दिएको छ ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका,२०७५ ले पनि कुनै बीमा कम्पनीको कार्यकारी प्रमुख वा कुनैपनि कर्मचारीले समेत बहाल अबधिमा समान प्रकृतिको कम्पनीमा जागिर/कन्सलटेन्ट/संचालक बन्न नहुने कुरा प्रस्ट परेको छ तर उपाध्यायले यो कुराको पालना गरेको देखिदैन।

केहि समय अगाडी बसेको संचालक समिति को बैठकमा प्रमुख कार्यकारी अधिकृत उपाध्यायलाई लिखित स्पस्टिकरण सोध्ने सम्मको कुरा चलेको थियो तर उनको बिगत राम्रो रहेको भन्दै एकपटक मौखिक जानकारी मात्रलिने भन्ने सहमति भएको श्रोतले जनायो, मौखिक स्पस्टिकरणको क्रममा उपाध्यायले सक्नेभए कार्यवाही गर्न चुनौती दिदै आफुले छिट्टै प्रिमियर इन्स्योरेन्स कम्पनी छोड्ने बताएका थिए।

उपाध्यायले सानिमा इन्स्योरेन्स कम्पनीमा हाल कन्सलटेन्टको हैसीयतले काम गर्ने र संचालनमा आउने समयमा प्रमुख कार्यकारी अधिकृतको रुपमा सानिमा इन्स्योरेन्स कम्पनी भित्रिने योजना अनुरुप काम गरेको बुझीएको छ तर बीमा समितिले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई ६ महिना कुलिङ पिरियड तोकेको छ ।

बीमा समितिको यो निर्देशन संगै उपाध्यायलाई प्रिमियर इन्स्योरेन्स कम्पनी छोडेर अर्को कम्पनीमा प्रमुख कार्यकारी अधिकृत हुन ६ महिना कुर्नु पर्ने हुन्छ । उपाध्यायले प्रिमियर इन्स्योरेन्सबाट राजिनामा भने गरिसकेका छैनन् श्रोतका अनुसार, चालु आर्थिक वर्षको समाप्ति संगै राजीनामा गर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS