IME Life New

नेपाल बैंकको ४ अर्ब ९५ करोड बराबरको एफपीओ कसले गरेका छन् प्रत्याभूति ? एफपिओ नाबिकेमा के होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपाल बैंकले १०० रुपैया अंकित मुल्यमा १८० रुपैया प्रिमियम थपि प्रति कित्ता २८० मा एफपीओ निस्काशन गरिरहेकोमा लगानीकर्ताहरुले खासै चासो देखाएका छैनन्।  नेपाल बैंक लिमिटेडले ४ अर्ब ९५ करोड बराबरको १ करोड ७६ लाख कित्ता एफपीओ निस्काशन गरिरहेको छ।

अन्तिम दिन सम्मपनि लगानीकर्ताबाट  एफपीओको जम्मै कित्ता शेयर आवेदन नदिएको अवस्थामा बाकी रहेको शेयर प्रत्याभूतिकर्ताले   खरिद गर्नु पर्ने छ।

Esewa
Crest

एफपीओ निस्काशन अघि एफपीओको रकम बराबरको प्रत्याभूत गराईनु पर्दछ।

नेपाल बैंक लिमिटेडको  ४ अर्ब ९५ करोड बराबरको  एफपीओ निस्काशनलाई ८ वटा प्रत्याभुतिकर्ताले प्रत्याभूत गरेका  छन् ।

प्रत्याभुतिकर्ता मध्य सबै भन्दा धेरै सिबिआईएल क्यापिटलले १ अर्ब १५ करोड  बराबरको ४१ लाख २० हजार कित्ता एफपिओ प्रत्याभुत गरेको छ। त्यस्तै ग्लोबल आइएमई क्यापिटल लिमिटेडले  १ अर्ब १३  करोड  बराबरको ४०  लाख ५०  हजार कित्ता एफपिओ प्रत्याभुत गरेको छ।

सिबिआइएल क्यापिटल लिमिटेड र ग्लोबल आइएमई क्यापिटल बाहेक एनआइबिएल क्यापिटल लिमिटेड , सिभिल क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सनराईज क्यापिटल लिमिटेड, सानिमा क्यापिटल लिमिटेड, नेपाल एसबिआई मर्चेन्ट बैङ्किङ्ग लिमिटेडलेपनि नेपाल बैंक लिमिटेडको एफपीओ शेयर प्रत्याभूत गरेका छन्।

आफ्नो चुक्ता पुँजी भन्दा धेरै गुणा सम्म प्रत्याभूत गरेका   मर्चेन्ट बैंकले यदी ठुलो मात्रामा  एफपीओ बिक्री नभएको अवस्थामा के हुने भन्ने कुराको  अन्योल सिर्जना भएको छ। शेयर बजारमा लामो समय कलम चलाउदै आएका अधिवक्ता ज्योति दाहालका अनुसार धितोपत्र बोर्डले   बिकिहाल्छ भन्ने शैलीमा प्रत्याभूतकर्ताको पूँजी हेर्दै नहेरी स्वीकृति दिएको छ।  उनी फेरी थप्छन “केहि वर्ष पहिले प्रत्याभूतकर्ताले लोटस फाइनान्सको शेयर लिन नसकेर महिनौंसम्म लगानीकर्ताको रकम बन्धक बनेको विषय सेबोले कति छिट्टै विर्सेछ ?”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS