IME Life New

नेप्सेको घट्दो ट्रेन्ड यथावत; कुनैपनि कम्पनीको कारोवार रकम १ करोड पुगेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेप्से परिसूचक साताको पहिलो दिन १४ दशमलव १ अङ्कले  घटेर ११८४ दशमलव ५३ अङ्कमा  बन्द भएको  छ।
११९८ दशमलव ५४ को बिन्दुमा खुलेको बजार सुरुवातमा ११९९ दशमलव ०५ विन्दु सम्म पुगेपनि त्यसपछि बजार दिनभरी निरन्तर ओरालो लागेको थियो।
आज बजार दिन भरीमा न्यून विन्दु ११८३ दशमलव ५२ सम्म पुगेकोमा बजार बन्द पनि त्यसकै वरिपरि भएको थियो।
आज  १९ करोड ७२ लाख बराबरका शेयर कारोबार भएको थियो। कारोबार रकमपनि निकै सुस्त देखिएको छ।

Esewa
Crest

आज सबै भन्दा धेरै माईक्रोफाईनान्स क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ। आज माईक्रोफाईनान्सको परिसूचक सबै  भन्दा धेरै १ दशमलव ६३ प्रतिशतले घटेको छ। आज कुनै पनि समूह हरियो हुन् सकेन।

कसको भयो धेरै शेयर किनबेच ?

आज सबै  भन्दा धेरै नेपाल बैङ्क लिमिटेडको ८० लाख बराबरको शेयर किन बेच भयो।

कारोवार रकमको आधारमा आज धेरै कारोवार हुने कम्पनीहरु :

धेरै कामाउने र धेरै गुमाउने कम्पनीहरु :

आज सबै भन्दा धेरै आरम्भ माईक्रोफाईनान्सका शेयरमा ५ दशमलव ८८ प्रतिशतको वृद्धि देखियो भने तिनाउ विकास बैंकको  शेयर ५ दशमलव ७१ प्रतिशतले घट्न पुग्यो।

आज धेरै कमाउने १० कम्पनीहरु :

आज धेरै गुमाउने १० कम्पनीहरु :

आज बजार खुलेबाट घट्दो ट्रेन्डमा  थियो।  यसले बजारमा आपूर्ति धेरै रहेको प्रस्ट हुन्छ। दिन दिनै  थपिएका  शेयरले बजारमा राम्रै आपूर्ति सिर्जना गरिरहेको छ। चाडै आउने क्रममा रहेको मौद्रिक नीतिमा शेयर बजारलाई सकारात्मक असर पुर्‍याउने खालका केही कार्यक्रम आए भने बजारले केही राम्रो गति समात्ने छ। अहिले कारोबार रकम कम हुनुको मुख्य कारण भनेको लगानीकर्ताहरूले मौद्रिक नीति पर्खि बसेका  छन्  भन्ने आकलन  गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS