IME Life New

रियल सेक्टर भन्दै धमाधम आइपिओको अनुमति दिनु अघि धितोपत्र बोर्डले हेर्नु पर्ने भिडियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ: धितोपत्र बोर्ड अहिले वास्तविक क्षेत्र (रियल सेक्टर)लाई सार्वजनिक निष्कासन दिन जोसिएको छ। शिवम् सिमेन्ट्सलार्इ आईपिओको अनुमति दिए पछि धितोपत्र बोर्डले विज्ञप्ति नै जारी गरेको थियो।
तर  धितोपत्र बोर्डले वास्तविक क्षेत्रलाई पुँजी बजारमा प्रवेश त गरायो तर उसले नेपाली पुँजीबजारको इतिहास बिर्सियो ।

“हरिसिद्धि चाइनिज ईट्टा कहाँ गयो ? , नेकोन एयर, गोरखकाली टायरका शेयर कहाँ के भयो ?”  यी प्रश्नहरुको उत्तर धितोपत्र बोर्डले  कहिले खोज्न सकेन। उत्तर पत्तो नलगाउँदै  धितोपत्र बोर्डलाई भने वास्तविक क्षेत्र पुँजी बजारमा प्रवेश गराउन हतार भैरहेको छ ।

Esewa
Crest

“हरिसिद्धि चाइनिज ईट्टा कहाँ गयो ? , नेकोन एयर, गोरखकाली टायरका शेयर कहाँ के भयो ?”  यी प्रश्नहरुको उत्तर धितोपत्र बोर्डले  कहिले खोज्न सकेन। उत्तर पत्तो नलगाउँदै  धितोपत्र बोर्डलाई भने वास्तविक क्षेत्र पुँजी बजारमा प्रवेश गराउन हतार भैरहेको छ ।

विगतमा राम्रै  सङ्ख्यामा वास्तविक क्षेत्रका कम्पनी डुब्नुको मुख्य कारण भनेको नियामक निकायको अभाव। प्रत्यक्ष नियामक निकाय नहुँदा धेरै त्यस्ता कम्पनीहरूको शेयर प्रमाणपत्र मात्र बाँकी  छन्। अहिले ती शेयर प्रमाणपत्र मुसाले खायो की त्यसमा किरा लाग्यो  शेयर धनीलाईपनि थाहा नहोला ।

जसपाल भट्टीको एक युट्युब भिडियो बाट सिक्नु पर्ने पाठ :

वास्तविक क्षेत्रमा नियामक निकायको अभावमा कसरी जनताको शेयर खरानी हुन्छ भन्ने कुरा जसपाल भट्टीको भिडियोमा प्रस्ट देखाइएको छ। एउटा पानी पुरी (गोल गप्पा ) कम्पनीको प्राथमिक निष्कासन गरिन्छ र जनताको पैसा खरानी बनाईन्छ।

जसपाल भट्टीको  भिडियोमा  कसरी हुन्छ जनताको शेयर खरानी ?
सर्वप्रथम एउटा सानो पानी पुरी ठेलालाई कम्पनी बनाईन्छ। कम्पनीको नाम PP waterballs राखिन्छ। प्राथमिक निष्कासनको लागि १० लाख जति खर्च लाग्ने भएपछि सो पैसा उनीहरूले लन्डन स्थित आफ्ना काका लाल सिङबाट माग्छन् । यो  कुराको गलत फाइदा उठाउँदै कम्पनीको   लन्डन स्थित RED LION कम्पनीसँग साझेदारी छ भन्दै हल्ला गरिन्छ।

प्राथमिक निष्कासन आउँछ , ५ गुणा आवेदन पर्छ। १० रुपैयाँ अंकित मूल्य भएको शेयर बिस्तारै बढ्न थाल्छ। बजारको प्राथमिक निष्कासन जति जम्मै दोस्रो बजारबाट आईपिओ निकाल्ने समुहले आफै किन्न  थाल्छ  । बजारमा शेयरको माग दिन दिनै  बढ्न थाल्छ। शेयरको मूल्य ९० रुपैयाँ भन्दा माथि जान्छ। जब  प्रति कित्ता १०० रुपैयाँ भन्दा माथि शेयर बिक्री हुने वातावरण मिल्छ तब सोही समुहले सबै शेयर बजारमा फाल्दिन्छन्। शेयरको यति माग थियो की १०० रुपैयाँको आसपासमा सबै शेयर बिक्री हुन्छ त्यो पनि २ दिनमा ।

बिस्तारै कम्पनीको यथार्थ बाहिरिन थाल्छ , PP waterballs को अर्थ प्रेम प्रकाश पानी पुरी र RED LION को अर्थ लाल सिङ  भनेर थाहा हुन्छ तब १०० रुपैयाँ तिर पुगेको शेयर ३ रुपैयाँमा पनि कसैले किन्दैन। यसरी लगानीकर्ताको लगानी स्वाहा हुन्छ।

हेरौ भिडियो : 

माथिको भिडियो भारतमा बनेको  भए पनि यसले हामीलाई धेरै राम्रो ज्ञान दिएको छ। वास्तविक क्षेत्र शेयर बजारमा प्रवेश हुनु  राम्रो हो यसले बजारलाई थप बलियो बनाउछ तर बलियो नियामक निकाय चाहिन्छ। प्रत्यक्ष नियामक निकाय सिर्जना गर्नु त धेरै राम्रो हो तर सकिएन भने पनि धितोपत्र बोर्डले निकै सुस्म हिसाबले वास्तविक क्षेत्रका कम्पनीहरूलाई नियमन गर्नु जरुरी छ। विगतमा जनताको शेयर किन डुब्यो भन्ने प्रश्नको उत्तर धितोपत्र बोर्डले खोजेर प्राप्त भएको सही उत्तर  अनुसारको कार्यान्वयन गर्नु जरुरी छ ।

माथिको भिडियो युट्युब च्यानल MadArtsSchool बाट लिईएको हो।  

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS