इन्स्योरेन्स खबर/काठमाडौँ:
शिवम् सिमेन्टले प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिए सँगै बजारमा धेरे टिका टिप्पणी आउन थालेका छन् ।
प्रति कित्ता ३०० रुपैयाँमा ८ लाख ८० हजार कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि र प्रति कित्ता ४०० रुपैयाँमा ४४ लाख कित्ता सर्वसाधारणमा शेयर जारी गर्न लागेकोमा धेरैले यो मूल्य महँगो भन्दै आएका छन् भने केहीले शेयर बजारमा वास्तविक क्षेत्रको प्रवेश स्वागत योग्य भनेका छन् ।
हेरौ कम्पनीको प्रति शेयर आम्दानीको अवस्था :
कम्पनीको अहिलेको पुँजी ३ अर्ब ८७ करोड छ भने तेस्रो त्रैमाससम्म कम्पनीले ९३ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) ३२ रुपैयाँ २५ पैसा रहेको छ।
आइपिओ पश्चात् कम्पनीको पुँजी ४ अर्ब ४० करोड पुग्ने छ।
आईपिओको शेयरलाई पुँजीमा समायोजन गर्दा कम्पनीको प्रति शेयर आम्दानी २८ रुपैयाँ ३८ पैसा हुन् आउँछ।
मूल्य आम्दानी अनुपात कति गुणा ?
स्थानीय बासिन्दाले शेयर आवेदन दिने प्रति कित्ता ३०० रुपैयाको हिसाबले गणना गर्दा मूल्य आम्दानी अनुपात १० दशमलव ५ गुणा हुन आउँछ भने सर्वसाधारणले आवेदन दिने प्रति कित्ता ४०० रुपैयाको हिसाबले गणना गर्दा मूल्य आम्दानी अनुपात १४ गुणा आउँछ ।
दोश्रो बजारमा वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात कस्तो ?
अहिले दोस्रो बजार सुस्त भएको बेला राम्रा राम्रा वाणिज्य बैङ्कहरुको मूल्य आम्दानी अनुपात र शिवम् सिमेन्टको आईपीओमा आवेदन दिदाको मूल्य आम्दानी अनुपात दाज्दा केही वाणिज्य बैंकहरु सस्ता छन् भने केहीको मूल्य आम्दानी अनुपात १४ को आसपासमा छ ।
वाणिज्य बैंकहरु दीर्घकालीन लगानीको लागि राम्रो क्षेत्र मानिन्छ। यसको नियामक निकायपनि अन्य क्षेत्र भन्दा बलियो छ।
हेरौ १४ गुणा र सो भन्दा थोरे मूल्य आम्दानी अनुपात भएका वाणिज्य बैंकहरु :
वाणिज्य बैंकको असार १४ गतेको बजार मूल्यलाई आधार मानेर मुल्य आम्दानी अनुपात गणना गरिएको हो।