IME Life New

महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुर्नजीवन पाउने, इजाजत नरोक्न सर्बोच्चको आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: सर्बोच्च अदालतल महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई तोकिएको समयमा चुक्त्ता पूँजी कायम नगरेको कारणले सञ्चालनमा हुनबाट नरोक्न बीमा समितिलाई आदेश दिएको छ । सर्बोच्च अदालतले महालक्ष्मी लाइफ इन्स्योरेन्सलार्इ चुक्ता पूँजी पुर्याउन र प्रमोटर परिवर्तनका लागि बाटो खुला गरिदिएको छ। न्यायाधिशद्वय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजालासले बिहिबार इन्स्योरेन्सको पक्षमा फैसला गर्दै कम्पनीलाई प्रक्रिया पुर्याएर लाइसेन्स दिन आदेश दिएको हो।

यो सँगै महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुर्नजीवन पाएको छ। बीमा समितिले विमा नियमावलीमा सैद्धान्तिक स्वीकृति पाएपछि प्रमोटर परिवर्तन गर्न नपाउने जिकिर गरेको थियो।
अजयराज सुमार्गीले बोलकबोल गरेको शेयरको आवश्यक पैसा नदिएपछि तोकिएको समयमा चुक्ता पूँजी पुर्याउन नसकेको भन्दै समितिले लाइसेन्स खारेज गरेको थियो। सुमार्गीले पैसा पुर्याउन नसकेपछि कम्पनीले अरु लगानीकर्ता खोजेको थियो,  तर बिमा समितिले विमा नियमावलीमा सैद्धान्तिक स्वीकृति पाएपछि प्रमोटर परिवर्तन गर्न नपाउने व्यवस्था रहेको भन्दै नयाँ लगानीकर्ताको लगानी स्वीकार नगरे पछि थप समय दिन समितिले अस्वीकार गरेसँगै कम्पनी सर्वोच्च पुगेको थियो ।

Esewa
Crest

स्रोतका अनुसार सुमार्गीको केही शेयर हिस्सा चौधरी समूहले किन्ने सहमति भएको छ, अब सुमार्गीको केही शेयर चौधरी समूहले किन्नेछ। यो शेयर किनेपछि चौधरी समूह जीवन बीमा व्यवसायमा समेत होल्ड हुनेछ, चौधरी समूहले निर्जिबन बीमा कम्पनी युनाईटेड इन्स्योरेन्स चलाईरहेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्समा महालक्ष्मी बिकास बैंकका पूर्व प्रमुख कार्यकारी तथा बिमा क्षेत्रकै प्रखर व्यक्तित्व अधिकृत रमेश कुमार भट्टराई, मनोरञ्जन रमण शर्मा, मोहन राज जोशी, दिपकराज काफ्ले, उमेश लाल श्रेष्ठ, रवि कुमार टिवडेवाल र तारा चन्द्र खेतान लगायत ५५ जना संस्थापकहरु रहेका छन्, प्रस्तावित प्रमोटर परिवर्तन संगै चौधरी समूह र सुमार्गी समूह पनि संस्थापकहरु बन्ने छन् ।

तात्कालिन अर्थमन्त्री कृष्णबहादुर महराले गत जेठमा १० जीवन बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेका थिए। बाँकी ९ कम्पनीले पूँजी पुर्याएर बीमा समितिबाट कारोबार थालिसकेका छन्।  स्रोतका अनुसार महालक्ष्मी लाइफ इन्स्योरेन्सले आवश्यक पुंजी जम्मा गरिसकेको छ अब अन्य आवश्यक प्रकिया पुरागरि औपचारिक रुपमा जिबन बीमा ब्यबसाय संचालनको तयारीमा लाग्ने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS