IME Life
GBIME

नेसनल लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद सेयरको बुक क्लोज असार २२ गते

SPIL
NIC ASIA new
NLIC

इन्स्योरेन्स खबर/काठमाडौँ: निजी क्षेत्रबाट संचालित नेपालको पहिलो जिबन बीमा कम्पनी नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद सेयर बिक्रीको बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १०ः६ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न इन्स्योरेन्सलेअसार २२ गते सेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार असार २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले ९९ लाख ३६ हजार ४७७.५४ कित्ता हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट निष्कासन गर्न स्वीकृती प्राप्त गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९० रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४० रुपैयाँ पुग्नेछ ।
 यससँगै कम्पनीले बीमा समितिले तोके बमोजिम र्जिवन बीमा कम्पनीले कायम गर्नुपर्ने दुई अर्ब रुपैयाँ कायम गर्नेछ । कम्पनीकाे सेयर नेप्सेमा बुधबार प्रतिकित्ता १,१७० रूपैयाँमा काराेबार भएकाे छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS