IME Life New

राजधानी बाहिरका सेयर ब्रोकरका शाखा बन्द हुने स्थितिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: पछिल्लो समय राजधानी बाहिरका लगानीकर्ताहरुलाई सेयर किनबेचको सुबिधा पुर्याउने लक्ष्य राखी बिस्तार गरिएका बाहिरका ब्रोकरका शाखाहरु अहिले पुंजी बजारको खस्कदो अवस्था तथा लगानीकर्ताको बजार प्रतिको  निराशाको कारण बन्द गर्नु पर्ने अवस्था शृजना भएको छ ।
अहिले दैनिक २० करोडको हाराहारीमा मात्र सेयर किनबेच हुने भएको कारण संचालनमा रहेका ब्रोकरका काठमाडौँमै रहेका कार्यालय समेत चलाउन हम्मे-हम्मे परेको अवस्थामा मोफसलमा रहेका ब्रोकरका शाखाबाट दैनिक सेयर कारोबारको हिसाबले कोठा भाडा समेत चलाउन गाह्रो अवस्था रहेको एक ब्रोकर संचालकले बताए ।

उनका अनुसार एउटा ब्रोकर सजिलै संचालन हुन दैनिक १ करोडको कारोबार हुनुपर्छ, तर अहिले ब्रोकर हरुको कारोबार १५- २० लाखको हारा-हारीमा आइसकेको छ । अहिलेको अवस्थामा ५ देखि बढीमा १० ओटा ब्रोकरको कारोबारले संचालन खर्च धानेको होला अन्य ब्रोकरको खर्च धन्न नसक्ने अवस्था रहेको उनले जनाए ।

Esewa
Crest

अघिल्लो आर्थिक वर्ष दैनिक औशत कारोबार १ अर्बको हाराहारीमा हुने गरेको थियो, सो समयमा राजधानी बाहिरका लगानीकर्ता समेत सक्रिय थिए तर अहिले राजधानी बाहिर सेयर किनबेचको क्रम नगन्य हुन थालेको छ।

नेपाल स्टक एक्सचेन्ज सम्बद्ध श्रोतका अनुसार शेयर कारोबारको ६-७ प्रतिशत मोफसलमा हुने गर्छ। येदि यो कुरालाई मान्ने हो भने पनि अहिले राजधानी बाहिरका ब्रोकरका शाखाहरुले फाइदा भन्दा सेवा मुखीभएर नै सेवा सुबिधा प्रदान गर्दै आएको देखिन्छ भने भबिष्यको लागि बजार खोजेको बुझ्न सकिन्छ तर अनिश्चित कालसम्म घाटाको व्यापार गरिरहदा ब्रोकरको धर्यता टुट्न पनि सक्छ, बस्ताबमै राजधानी बाहिरका ब्रोकरका शाखा बन्द हुने स्थितिमा आएको खण्डमा लगानीकर्ताको लागि ठुलो दुरभाग्य हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS