IME Life New

अधिक तरलता भन्दै १० अर्ब रकम खिच्दै रास्ट्र बैंक, बैंक भने व्याज बढाउदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं:

बैंकहरुले दिन प्रतिदिन व्याज दर वृद्धि गर्दै गरेको  अवस्थामा राष्ट्र बैङ्कले भने प्रणालीमा अधिक तरलता भन्दै बैङ्किङ्ग प्रणालीबाट रकम तान्ने भएको छ । राष्ट्र बैङ्कले १० अर्ब तरलता बैङ्किङ्ग प्रणालीबाट तान्दै छ।

Esewa
Crest

असार ५ गतेबाट  १४ दिन का लागि सो रकम राष्ट्र बैङ्कलेआफू तर्फ खिच्दै छ भने असार १९ गते सो रकम परिपक्क हुने छ । राष्ट्र बैङ्कले अन्तर बैङ्किङ्ग व्याज दर ३ प्रतिशत भन्दा मुनी आयो भने बैङ्किङ्ग प्रणालीबाट पैसा आफूले उठाउने र अन्तर बैङ्किङ्ग व्याज दर ५ प्रतिशत नाघेमा प्रणालीमा पैसा पठाउने गर्दछ।

भविष्यमा लगानीयोग्य पुँजीको अभाव हुन सक्ने आकलन गर्दै अहिले देखिनै आफ्नो निक्षेप बलियो बनाउन धमाधम बैंकहरु निक्षेप संकलनमा जोड दिएको पुर्व अनुमान लगाउन सकिन्छ।

केही समय अघि बैंकर्स संघले तरलता सहज भएको भन्दै व्याज दरलाई खुला रुपमै वाणिज्य बैंकले निर्धारण गर्ने गरी छोडेको  थियो तर त्यो निर्णय लगत्तै  बैंकहरुले फटा फट व्याज बढाउन थाले। राष्ट्र बैङ्कले ४० अर्ब अधिक तरलता भन्दै गर्दा बैंकहरु भने धमाधम मुद्धति निक्षेपमा साढे १२ प्रतिशत सम्म व्याज दर को स्किम सार्वजनिक गरेको पाईन्छ।

सरकारी खर्चमा आएको वृद्धिले गर्दा यो समय बैंकिंग प्रणालीमा तरलता वृद्धि हुने गर्दछ। यो परिस्थितिलाई हेर्दा अहिलेको वर्तमान अवस्थामा तरलता सहज भए पनि भविष्यमा लगानीयोग्य पुँजीको अभाव हुन सक्ने आकलन गर्दै अहिले देखिनै आफ्नो निक्षेप बलियो बनाउन धमाधम बैंकहरु निक्षेप संकलनमा जोड दिएको पुर्व अनुमान लगाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS