IME Life New

मुक्तिनाथ विकास बैंकका ग्राहकले मणिपाल शिक्षण अस्पतालमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीअनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम, डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा १० देखि २० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ।

Esewa
Crest

त्यसैगरी, बैंकले नेपाल मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई न्यूनतम ब्याजदरमा प्रोफेसनल लोन, होम लोन, अटो लोन, व्यावसायिक कर्जा तथा अन्य सहुलियतपूर्ण बैंकिङ सुविधा उपलब्ध गराउनेछ।

यस सहकार्यबाट दुवै संस्थाबीचको संस्थागत सम्बन्ध थप सुदृढ हुनुका साथै बैंकका ग्राहक तथा कर्मचारीले सहुलियतपूर्ण स्वास्थ्य सेवा र अस्पतालका कर्मचारीले सहज बैंकिङ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS