काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा वृद्धि आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३ हजार ४० रुपैयाँमा किनबेच भएको थियो।











