IME Life New

लाभांश पारित गर्न हिमालयन लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले आउँदो पुस ८ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको त्रिपुरेश्वस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४.७५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

सभाले बोनस शेयर वितरणपछि जारी तथा चुक्तापुँजी परिवर्तन गर्नुपर्ने भएकोले नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। यसका लागि नियमनकारी निकायहरुबाट कुनै फेरदबदल गर्न सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान अर्को विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले वित्तीय संस्था तथा लघुवित्त वित्तीय संस्था मर्जर वा प्राप्तिका लागि उपयुक्त देखिएमा सोहीबमोजिम प्रक्रिया अगाडि बढाउने सम्पूर्ण अख्तियारी सञ्चालन समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले सर्वसाधारण शेयरधनीहरुबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २३ गतेभन्दा अघिसम्म कायमक शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS