काठमाडौं । शेयर बजार बुधबार पनि एकल अंकले बढेको छ। नेप्से परिसूचक ८.७० अंकले बढेर २६४७.६५ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूह रहेका १० वटा समूह बढेका छन् भने ३ वटा घटेका छन्। यो दिन विकास बैंक समूह सर्वाधिक ०.९९ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ०.३६ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा १७० कम्पनीको शेयरभाउ बढेको छ भने १०१ कम्पनीको घटेको छ। बजारमा यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजार आज ६ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालय ऊर्जा विकास कम्पनीको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी












