IME Life New

नेप्सेमा वृद्धि, कारोबार रकम ६ अर्ब १४ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ८.७० अंकले बढेर २६४७.६५ को विन्दुमा कायम भएको छ । आज १७० कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५६ कम्पनीको १ करोड ६५ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १७ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन ऊर्जा विकासका लगानकिर्ताले ८ दशमलव ६२ प्रतिशतका दरले कमाएका हुन् । कालिका लघुवित्तका लगानीकर्ताले ५ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ३ दशमलव ३० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS