IME Life New

सामाजिक बीमा कोष परिचालनमा कठोर बन्दै चीन, ठगी रकमको पाँचगुणासम्म जरिवानाको प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक बीमा कोषको सुपरिवेक्षणका लागि नियमावलीको मस्यौदा जारी गरेको छ। यो मस्यौदामा डिसेम्बर २३ सम्ममा जनताको राय माग गरिएको छ।

मन्त्रालयका अनुसार एकपटक लागू भएपछि नियमावलीले सामाजिक बीमा अधिकारको रक्षा गर्नेछ र कोषको सुरक्षालाई बलियो बनाउनेछ। मस्यौदाले आधारभूत वृद्धावस्था बीमा, काममा चोटपटक बीमा, र बेरोजगारी बीमा कोषको भुक्तानी, व्यवस्थापन र लगानी कार्यहरुमा केन्द्रित छ। यसले कोष व्यवस्थापनका लागि सिद्धान्त र आवश्यकताहरुका रुपरेखा प्रस्तुत गर्दछ, कोष सुपरिवेक्षणका लागि जिम्मेवारी, शक्ति र उपायहरू स्थापित गर्दछ।

Esewa
Crest

यसले सामाजिक बीमा ठगी र अन्य उल्लंघनहरुका लागि कानुनी जबाफदेहीता पनि स्पष्ट गर्दछ। जसले सामाजिक बीमा कोषको सुरक्षा सुनिश्चित गर्ने र जनताको पेन्सन कोषको सुरक्षा गर्ने उद्देश्य राख्दछ।

मस्यौदाले सामाजिक बीमा ठगीका विभिन्न विधिको विवरण दिन्छ। जस्तै– समर्थन कागजात झुटा बनाउने वा जालसाजी गर्ने, अर्को व्यक्तिको पहिचान वा कागजातहरु जालसाजीपूर्वक प्रयोग गर्ने र कोही अब लाभको लागि योग्य छैन भनेर लुकाउने।

मानव संसाधन तथा सामाजिक सुरक्षा अधिकारीहरुले जालसाजीपूर्वक प्राप्त लाभ फिर्ता गर्न आदेश दिनेछन् र ठगी गरिएको रकमको दुईदेखि पाँच गुणा जरिवाना लगाउनेछन्। मस्यौदामा सामाजिक बीमा ठगी गर्ने षड्यन्त्र गर्नेहरुका लागि विशेष दण्डको व्यवस्था पनि गरिएको छ।

सेप्टेम्बरको अन्त्यसम्ममा देशभरका १.०७९ अर्ब मानिसहरु आधारभूत वृद्धावस्था बीमा, २५१ मिलियन बेरोजगारी बीमा र ३२७ मिलियन कामको चोटपटक बीमाद्वारा समेटिएका थिए। यी तीन सामाजिक बीमा कोषहरुको कुल अधिशेष १.२ खर्ब युआन (१.६७ खर्ब डलर) छ।
जनताले मन्त्रालयको वेबसाइटमा गएर वा पत्र वा ई–मेल पठाएर सुझाव पेस गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS