काठमाडौं । मन्त्रिपरिषदको आज बसेको बैठकले ७ वटा निर्णय सार्वजनिक गरिएको छ।
सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार आगामी सोमबार हुने प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृतिसहित ७ वटा निर्णय भएका छन्।
यस्ता छन् निर्णय
- २०८३ मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने।
- चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने।
- अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिट क्रिडिट फ्यासिलिटीअन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलरबराबर निब्र्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
- नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने।
- राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने।
- ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने।
- राष्ट्रिय झोलुंगेपुल नीति २०८३ स्वीकृत गर्ने।











