काठमाडौं । नबिल बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२।८३ को विवरण अनुसार बैंकमा ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व धारण गर्ने ठूला शेयरधनीहरूको संख्या कुल ५ रहेको छ।
बैंकको तथ्याङ्कअनुसार सबैभन्दा ठूलो शेयरधनीका रूपमा एनबी इन्टरनेशनल लिमिटेड (NB International Limited) रहेको छ। यस कम्पनीको नाममा बैंकको ३९.४४ प्रतिशत अर्थात १० अर्ब ६७ करोड ६ लाख २४ हजार २८४ रुपैयाँ बराबरको शेयर स्वामित्व कायम रहेको छ। दोस्रो ठूलो शेयरधनीका रूपमा आईएफआईसी बैंक पीएलसी (IFIC Bank PLC) रहेको छ, जसको स्वामित्वमा बैंकको ७.७७ प्रतिशत अर्थात २ अर्ब १० करोड १७ लाख २६ हजार ४०० रुपैयाँबराबरको शेयर रहेको छ।
त्यसैगरी, तेस्रो स्थानमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड (Rastriya Beema Company Limited) रहेको छ। यस कम्पनीसँग बैंकको ७.६३ प्रतिशत अर्थात २ अर्ब ६ करोड ३६ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ।
चौथो ठूलो शेयरधनीका रूपमा निर्वाण कुमार चौधरी रहेका छन्। उनको नाममा बैंकको ०.७० प्रतिशत अर्थात १८ करोड ९७ लाख ४५ हजार ९०० रुपैयाँ बराबरको शेयर रहेको छ। यस्तै, पाँचौं ठूलो शेयरधनीका रूपमा वरुण चौधरी रहेका छन्। उनको स्वामित्वमा बैंकको ०.६७ प्रतिशत अर्थात १८ करोड ८ लाख ९८ हजार ५०० रुपैयाँ बराबरको शेयर कायम रहेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्मको तुलनामा यी पाँचै जना ठूला शेयरधनीहरूको शेयर स्वामित्व प्रतिशतमा कुनै परिवर्तन नभएको बैंकको वित्तीय विवरणले देखाएको छ।












