IME Life New

गभर्नरभन्दा डेपुटी गभर्नरहरुले बुझे तलबभत्ताबापत धेरै रकम, कसले कति पाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकमा गभर्नरले भन्दा डेपुटी गभर्नरले एक वर्षमा तलबभत्ताबापत धेरै रकम बुझेको पाइएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार सञ्चालक समितिमा रहेका गर्भनर, डेपुटी गभर्नर र सदस्यहरुले तलब, भत्ता र सुविधाबापत एक वर्षमा कुल २ करोड ९९ लाख १३ लाख ७९७ रुपैयाँ बुझेका छन्।
सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गभर्नर र डेपुटी गभर्नरले तलब, भत्ता र सुविधाबापत रकम बुझेका छन् भने सञ्चालक सदस्य बैठक भत्ता, अन्य भत्ता र सुविधाबापत रकम लिएका छन्।

Esewa
Crest

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलभन्दा डेपुटी गभर्नरहरु किरण पण्डित, निलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्रले तलब, भत्ता र सुविधाबपत बढी रकम बुझेका छन्। एक वर्षमा सबैभन्दा रकम बुझ्नेमा डेपुटी गर्भनर (कार्यकारी निर्देशक हुँदासहित) किरण पण्डित छन्। उनले तलबबापत १३ लाख ६५ हजार ५८० रुपैयाँ, बैठक भत्ताबापत २ लाख २५ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत ४६ लाख ८ हजार ४१५ रुपैयाँ गरी कुल ६१ लाख ९८ हजार ९९५ रुपैयाँ बुझेका छन्।

यसैगरी अवकाश प्राप्त डेपुटी गभर्नर निलम ढुंगाना (तिम्सिना)ले कुल ५४ लाख १८ हजार ९७१ रुपैयाँ बुझेकी छन्। जसमा तलबबापत ९ लाख ४९ हजार २६० रुपैयाँ, बैठक भत्ताबापत २ लख ३४ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबपत ४२ लाख ३५ हजार ७११ रुपैयाँ रहेको छ।

डेपुटी गभर्नर बमबहादुर मिश्रले कुल ५१ लाख १६ हजार ७७१ रुपैयाँ बुझेकी छन्। जसमा तलबबापत ९ लाख ४९ हजार २६० रुपैयाँ, बैठक भत्ताबापत २ लख ७० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबपत ३८ लाख ९७ हजार ५११ रुपैयाँ रहेको छ।

गत वर्ष ढुंगाना र मिश्रले डेपुटी गभर्नरबाट अवकाश प्राप्त गरिसकेका छन्।

उता राष्ट्र बैंकका गभर्नर पौडेलले भने गत आर्थिक वर्षमा कुल ४६ लाख ४८ हजार ९५६ रुपैयाँ बुझेका छन्। जसमा तलबबापत १६ लाख ३२ हजार रुपैयाँ, बैठक भत्ताबापत ५ लाख ६७ हजार रुपैयाँ र अन्य भत्ता तथा सुधिवाबापत २४ लाख ४९ हजार ९५६ रुपैयाँ रहेको छ।

त्यस्तै सञ्चालक समितिमा सदस्यका रुपमा प्रतिनिधित्व अर्थसचिव डा घनश्याम उपाध्यायले बैठक भत्ताबापत ५ लाख ४० हजार रुपैयाँ र अन्य भत्ता र सुविधाबापत ३ लाख ४८ हजार १२० रुपैयाँ, चिन्तामणि शिवाकोटीले बैठक भत्ताबापत ५ लाख ४९ हजार रुपैयाँ तथा अन्य भत्ता र सुविधाबापत १८ लाख ९७ हजार ९६९ रुपैयाँ, डा शंकरप्रसाद आचार्यले बैठक भत्ताबापत ४ लाख ५९ हजार रुपैयाँ तथा अन्य भत्ता र सुविधाबापत १८ लाख २४ हजार ८१३ रुपैयाँ र डा रविन्द्रप्रसाद पाण्डेले बैठक भत्ताबापत ५ लाख ७६ हजार रुपैयाँ तथा अन्य भत्ता र सुविधाबापत २३ लाख ३५ हजार २०१ रुपैयाँ बुझेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS