IME Life New

शिखर इन्स्योरेन्स २२ औँ वर्षमा प्रवेश, विश्वासको विरासत र सुरक्षित भविष्यको प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स स्थापनाको २१ औँ वर्ष पूरा २२ औँ वर्षमा प्रवेश गरेको छ।

शिखर इन्स्योरेन्सले आफ्नो २२ औँ वार्षिकोत्सव विश्वासको विरासत र सुरक्षित भविष्यको प्रतिबद्धताका साथ मनाएको छ। कम्पनीले वार्षिकोत्सवलाई दुई दशकभन्दा बढीको निरन्तर वृद्धि, ग्राहक विश्वास र भरपर्दो बीमा सुरक्षा प्रदान गर्ने अटल प्रतिबद्धताको प्रतीक लिएको छ।

Esewa
Crest

सन् २००४ मा नेपालको १४ औँ निर्जीवन बीमा कम्पनीको रुपमा स्थापित शिखर इन्स्योरेन्स आज नेपालको अग्रणी सामान्य बीमा कम्पनी बनेको छ। जुन वित्तीय बल, उत्कृष्ट सेवा र विश्वासको जगमा निर्मित छ।

रु. १० करोडको चुक्तापुँजीबाट आफ्नो यात्रा सुरु गर्दै कम्पनीले आफ्नो पुँजी रु. ३.१० अर्ब पुर्याएको छ। जुन नेपालका निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी हो।

त्यस्तै रु. १३ करोडको प्रारम्भिक बीमाशुल्क संकलनबाट कम्पनीको बीमाशुल्क संकलन आर्थिक वर्ष २०८२।८३ मा रु. ६.५१ अर्ब पुगेको छ। यो नेपालको पहिलो निर्जीवन बीमा कम्पनी हो, जसले आफ्नो वार्षिक बीमाशुल्क संकलन रु. १ अर्बबाट रु. ६ अर्ब पुर्याएको छ। १३ प्रतिशतभन्दा बढी बजार हिस्सासहित शिखर इन्स्योरेन्स एक दशकभन्दा बढी समयदेखि उद्योगको अग्रणी रहेको छ।

कम्पनीको आफ्ना बीमितप्रतिको प्रतिबद्धताको बलियो प्रमाण यसको उत्कृष्ट दाबी भुक्तानी रेकर्ड हो। स्थापनाकालदेखि नै शिखर इन्स्योरेन्सले २ लाखभन्दा बढी दाबी भुक्तानी गरिसकेको छ र बीमितहरुलाई ३० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको छ।

विनाशकारी गोरखा भूकम्पदेखि अन्य प्रकोपसम्म कम्पनीले आफ्ना ग्राहकलाई उनीहरुको सबैभन्दा कठिन समयमा साथ दिएको छ। आर्थिक वर्ष २०८२।८३ मा मात्र कम्पनीले ४.६७ अर्ब रुपैयाँबराबरको दाबी भुक्तानी गर्यो। यसले आवश्यकताको समयमा समयमै वित्तीय सहायता प्रदान गर्ने कम्पनीको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

शिखर इन्स्योरेन्सले बलियो पुनर्बीमा कार्यक्रममार्फत आफ्नो वित्तीय सुरक्षालाई अझ बलियो बनाएको छ। यसका सबै विदेशी सन्धि पुनर्बीमा कम्पनीहरुलाई ‘ए’ वा उच्च मूल्यांकन गरिएको छ र कम्पनीसँग उद्योगको सबैभन्दा बलियो ‘विपत्ति पुनर्बीमा कभर’ (प्रमुख प्रकोपहरुविरुद्ध बीमा सुरक्षा) छ। सुरक्षा, विश्वसनीयता र उत्कृष्ट सञ्चालनप्रतिको आफ्नो प्रतिबद्धतालाई प्रतिबिम्वित गर्दै शिखर इन्स्योरेन्सले इक्रा नेपालबाट ‘डलब ए माइनस’ जारीकर्ता मूल्यांकन प्राप्त गरेको छ। जुन नेपाली बीमा कम्पनीहरुमध्ये सबैभन्दा उच्च मूल्यांकन हो।

बीमालाई अझ पहुँचयोग्य र सुविधाजनक बनाउन प्रविधिको महत्वलाई स्वीकार गर्दै कम्पनीले ‘डिजिटल शिखर’ मार्फत आफ्नो डिजिटल सेवाहरु बढाएको छ। यसले ग्राहकलाई अनलाइन खरिद गर्न, नवीकरण गर्न, भुक्तानी गर्न र दाबी पूरा गर्न अनुमति दिन्छ। ग्राहक समर्थन सुनिश्चित गर्न चौबीसै घन्टा कल सेन्टर पनि उपलब्ध छ।

सुरक्षा, विश्वसनीयता र उत्कृष्ट अभ्यासहरुप्रतिको आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाउँदै शिखर इन्स्योरेन्स आईएसओ÷आईईसी २७००१ः२०२२ प्रमाणीकरण प्राप्त गर्ने नेपालको एकमात्र निर्जीवन बीमा कम्पनी पनि हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS