काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा नेपाली बीमा कम्पनीहरूको कुल सम्पत्ति तथा दायीत्व उल्लेख्य रूपमा विस्तार भएको छ। बीमा कम्पनीकोहरूको चुक्ता पूँजी, स्थिर सम्पत्ती र व्यवसायको आकार सबै बढेकाले सम्पत्ती तथा दायीत्वमा पनि वृद्धि देखिएको हो ।
नेपाल राष्ट्र बैंकको ‘आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ अनुसार २०८३ असार मसान्तसम्ममा बीमा कम्पनीहरूको कुल सम्पत्ति तथा दायीत्व अघिल्लो वर्षको तुलनामा १४.४ प्रतिशत बढेको छ। गत असार मसान्तसम्ममा कुल सम्पत्ती तथा दायीत्व रु. १२ खर्ब ५१ अर्ब ३८ करोड पुगेको छ। २०८२ असार मसान्तमा यस्तो सम्पत्ति रु. १० खर्ब ९३ अर्ब ९६ करोड रहेको थियो।
साधनको उपयोगतर्फ बीमा कम्पनीहरूको लगानी अघिल्लो वर्षको रु. ९ खर्ब ३४ अर्ब ३० करोडबाट १६.२ प्रतिशतले बढेर रु. १० खर्ब ८५ अर्ब ३२ करोड पुगेको छ। हाल १४ जीवन, १४ निर्जीवन, २ पुनर्बीमा र ७ लघुबीमा गरी कुल ३७ बीमा कम्पनी सञ्चालनमा छन्।











