IME Life New

भोटेकोशी–त्रिशुली बाढीः मलेसियाली नागरिकसँग सम्बन्धित ५० भन्दा बढी बीमा दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत भदौ १० गते गएको विनाशकारी बाढी तथा पहिरोका कारण प्रभावित भएकाहरू मलेशियाली नागरिकहरूको अाश्रित परिवारजनका लागि स्थानीय बीमकले बीमा दाबी फर्छ्याैट गर्ने क्रम तीब्र पारिएको छ।

मलेसियाको इन्स्योरेन्स सर्भिस प्रोभाइडर तथा सम्बन्धित निकायले दिएको जानकारी अनुसार, यस आपत्कालीन विपद्‌मा परेका मलेसियाली नागरिकहरूसँग सम्बन्धित ५० भन्दा बढी बिमालेखहरू पहिचान गरिएको छ। यीमध्ये हालसम्म १२ वटा बीमाको दाबी पूर्ण रूपमा फर्छ्याैट भइसकेको छ।

Esewa
Crest

यो प्राकृतिक प्रकोपमा परेर बेपत्ता भएका तथा आशङ्का गरिएका विदेशी नागरिकहरूको तथ्याङ्क पनि चिन्ताजनक रहेको छ। विभिन्न देशका राजदूतावासमार्फत प्राप्त विवरण अनुसार सयौँ विदेशी नागरिकहरू बेपत्ता सूचीमा छन्, जसमा मलेसिया, युक्रेन, अष्ट्रेलिया, रुस, दक्षिण कोरिया, जर्मनी र इटाली लगायतका देशका नागरिकहरू रहेका छन्। प्रभावित देशहरू र परिवारहरूले आफ्ना नागरिकको खोजी तथा राहत एवं बीमा दाबी प्रक्रियालाई तीब्र पार्न निरन्तर कूटनीतिक पहल गरिरहेका छन्।

हालै सार्वजनिक गरिएको सरकारी तथा आधिकारिक रिपोर्ट अनुसार बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १,४५५ पुगेको छ। राष्ट्रिय विपद व्यवस्थापन तथा पुनर्निर्माण प्राधिकरणले अहिलेसम्म ५८५ पुरुष, ३३६ महिला र ५३३ वटा आंशिक मानव अवशेषहरू फेला परेको जनाएको छ।

फेला परेकामध्ये ११२ वटा शवहरूको मात्र पहिचान खुल्न सकेको छ भने बाँकीको पहिचानका लागि मृतकका परिवार र शवबाट १,३३० भन्दा बढी डीएनए नमुना सङ्कलन गरी परीक्षणको प्रक्रिया अघि बढाइएको छ।

नेपालभर विपद्‌ग्रस्त ३२ जिल्लाबाट हजारौँ नागरिकहरू अझै पनि बेपत्ता तथा सम्पर्कविहीन अवस्थामा रहेका छन्। नेपाल सरकारले खोज तथा उद्धारको चरण पूरा गरी हाल प्रभावित क्षेत्रहरूमा पुनस्र्थापना, क्षति मूल्याङ्कन तथा राहत वितरणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS