काठमाडौं । जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष निकै महत्वपूर्ण रहेको हुन्छ। हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमकको जीवन बीमा कोषको आकार ९ खर्ब ८५ अर्ब रुपैयाँ नाघेको छ।
कम्पनीहरुले सार्वजनिक गरेका चालु आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज)सम्मवित्तीय विवरणअनुसार कम्पनीहरुको जीवन बीमा कोषमा ९ खर्ब ८५ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्ष २०८२।८३ मा सोही अवधिसम्म कम्पनीहरुको जीवन बीमा कोषमा ८ खर्ब ४९ अर्ब ५३ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको जीवन बीमा कोषको आकार १६.०२ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सबै कम्पनीको जीवन बीमा कोषको आकार बढेको छ। नेपाल लाइफको जीवन बीमा कोषको आकार सबैभन्दा ठूलो रहेकोमा वृद्धिदरका हिसाबले आइएमई लाइफ अगाडि रहेको छ।
चालु वर्षको असोसम्म नेपाल लाइफको जीवन बीमा कोषमा २ खर्ब ८६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असोजसम्म कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ४५ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो। कम्पनीको जीवन बीमा कोषको आकार १६.६९ प्रतिशतले बढेको छ।
दोस्रो ठूलो जीवन बीमा कोष लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको रहेको छ। अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब ९५ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १ खर्ब ५१ अर्ब ८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार १०.३१ प्रतिशतले बढेको छ।
यसैगरी तेस्रो ठूलो जीवन बीमा कोष नेसनल लाइफको रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ८ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असोजसम्म कम्पनीको जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड रुपैयाँ थियो। कम्पनीको जीवन बीमा कोषको आकार १५.८२ प्रतिशतले बढेको छ।
वित्तीय विवरणअनुसार सबैभन्दा सानो जीवन बीमा कोष सन नेपाल लाइफको रहेको छ। यो कम्पनीको १३ अर्ब ३१ करोड रुपैयाँको जीवन बीमा कोष रहेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार ३.२१ प्रतिशतले बढेको छ।
वृद्धिदरका हिसाबले आइएमई लाइफको जीवन बीमा कोषको कोषको आकार सर्वाधिक ३९.४० प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा बढेर १९ अर्ब ९७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनी जीवन बीमा कोषमा १४ अर्ब १८ करोड रुपैयाँ रहेको थियो।
कुन कम्पनीको जीवन बीमा कोषमा कति ?












