काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउमा भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ। कात्तिक २३ गते प्रतितोला सुन २ लाख ८४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी आज चाँदीको भाउ पनि तोलामा १५५ रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ। कात्तिक २३ गते प्रतितोला चाँदी ३ हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो।











