IME Life New

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना शेयरधनीको शेयरपुँजी घटाउँदै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना शेयरधनीको शेयरपुँजी घटाउने भएको छ।

केन्द्रीय बैंकले कर्णाली डेभलपमेन्ट बैंकको चुक्तापुँजी क्षय भएको र दायित्व सम्पत्तिले नखाम्ने देखिएकोले ती शेयरधनीहरुको शेयरपुँजी घटाउने भएको हो। ती शेयरधनीहरुबाट चुक्ता हुनुपर्ने शेयरपुँजीबापतको रकम अवैधानिक रुपमा चुक्ता भएको देखिएको हुँदा बैंकको पुनर्संरचना गर्ने क्रममा शेयरधनीहरुको शेयरपुँजी राष्ट्र बैंक ऐन, २०५८ घटाएर १ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

राष्ट्र बैंकले २५ जना संस्थापक र १० जना सर्वसाधारण शेयरधनीको शेयरपुँजी घटाएको छ। जसअनुसार ती संस्थापक शेयरधनीहरुको कुल २१ लाख ३६ हजार ६०.८४ कित्ता शेयरलाई घटाएर २१ हजार ३६०.६१ कित्ता कायम गरिएको छ।

यसैगरी राष्ट्र बैंकले १० जना सर्वसाधारणको कुल कित्ता १२ हजार ६८४.९८ कित्तालाई घटाएर १२६.८५ कित्ता कायम गरेको छ।

शेयरपुँजी घटाएर कम्पनी रजिस्ट्रार कार्यालयमा अभिलेखीकरण कार्यका लागि आउँदो मंसिर ९ गते बिहान १० बजे उच्च अदालत तुलसीपुरमा सुनुवाइ तोकिएको छ। उक्त दिन आफ्नो कुनै दाबी विरोध भएमा सुबत प्रमाणसहित उपस्थिति हुन ती शेयरधनीहरुलाई राष्ट्र बैंकले सूचित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS